ghar sansar

दोधारा चाँदनीका पत्रकार गुरुङ्ग पक्राउ, यस्तो कारण भन्छ प्रहरी

khasi

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकाका पत्रकार पप्पु गुरुङ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बुधबार पत्रकार गुरुङ्गलाई घरबाटै पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) टेक बहादुर रावतका अनुसार गुरुङलाई साइबर अपराध सम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको जानकारी दिएका छन् ।

dirghayi clinic

इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका अनुसार गुरुङ्गलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लगिएको छ ।

प्रहरीले शुक्रबार पत्रकार गुरुङ्गलाई जिल्ला प्रहरी कार्यालय आउन सूचना पठाएको थियो ।

सामाजिक सञ्जालमा पत्रकार गुरुङ्गले एसपी र डिएसपीलाई ब्राउन सुगर तस्करी सम्बन्धि मुछेर लेखेको स्टेटश लेखेपछि प्रहरीले उनलाई कार्यालय आउन इलाका प्रहरी कार्यालय दोधारा मार्फत सूचना पठाएको थियो ।

डिएसी रावतले पत्राकार गुरुङ्गलाई आफूहरुमाथि सामाजिक सञ्जालमा लगाइएको आरोपबारे सोधपुछका लागि बोलाएको बताएका थिए । गुरुङ्ग दोधारा चाँदनीमा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

Himal dental
सम्बन्धित
Loading...