ghar sansar

भोटेकोशी त्रिशूली बाढी पीडितलाई सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिको एक लाख एक हजार सहयोग

khasi

महेन्द्रनगर । सुदूरपश्चिमेली समाज अन्तर्राष्ट्रिय समितिले भोटेकोशी त्रिशुली बाढीबाट पीडित तथा प्रभावित वासिन्दाका लागि सहयोग गरेको छ ।

विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माण कार्यमा सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा एक लाख एक हजार सहयोग गरिएको छ ।

dirghayi clinic

‘यस दुःखद घडीमा सम्पूर्ण नेपाली हरुको “एकता, सहयोग र सामाजिक, आर्थिक सहयोग को हाम्रो देश नेपाल लाई अत्यन्तै खाचो रहेको छ’ समितिले घट्नाप्रति दुःख व्यक्त गर्दैै भनेको छ ।

सुदूरपश्चिमेली नेपाली समाजका विभिन्न राष्ट्रका राष्ट्रिय समाजहरुले निरन्तर सहयोग गर्दै आएका छन् ।

‘सहयोग गर्न बाँकी रहेका बिश्व भरी फैलिएका सुदुरपश्चिमेली नेपाली समाज का सम्पूर्ण रास्ट्रीय क्षेत्रीय समाजलाई पनि सहयोग गर्न हार्दिक अनुरोध गर्दछौ’ समाजले भनेको छ, ‘बाढी पीडित दाजुभाइ तथा दिदी बहिनीहरूको दुःखमा साथ दिन यो सानो सहयोग सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले प्रधानमन्त्री राहत कोष मा जम्मा गरेको जानकारी गराउँदछौ ।’

Himal dental
सम्बन्धित
Loading...