

महेन्द्रनगर । भीमदत्त नगरपालिका ३ तिलकपुरस्थित सहिद स्मृति सामुदायिक वनले भोटकोशी त्रिशूली बाढी पीडितलाई सहयोग गरेको छ ।

भदौ १० गते भोटेकोशी त्रिशुलीमा आएको बाढीले रसुवा सहित १४ जिल्लामा ठूलो धनजनको क्षति गरेको छ ।
बाढीले पीडित वासिन्दालाई खोजी, उद्धार तथा राहतका लागि सामुदायिक वनले सहयोग गरेको छ । समूहका अध्यक्ष कर्ण सिह विष्टको अध्यक्षतामा बसेको बैठकले ५१ हजार सहयोग गर्ने निर्णय गरेको थियो ।
समूहको निर्णय अनुसार सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइने समूहका सह सचिव डम्बर कुबरले जानकारी दिए ।
