
भीमदत्त ५ को तीज खर्च पनि भोटेकोशी बाढी पीडितलाई सहयोग, वडा अध्यक्ष अवस्थीले व्यक्तिगत रुपमा पनि गरे सहयोग

महेन्द्रनगर । भीमदत्त नगरपालिका ५ नम्वर वडा कार्यालयले यस बर्ष तीज मनाउने कार्यक्रमको खर्च भोटेकोसी त्रिशूली बाढी पीडितलाई सहयोग गरेको छ । वडा कार्यालयले बर्सेनी तीजका अवसरमा कार्यक्रम गर्दै आएको थियो ।
भोटेकोसी बाढीले रसुवा सहित १४ जिल्लामा ठूलो धनजनको क्षति भएपछि शोकमा तीज कार्यक्रम नगर्ने निर्णय गरिएको छ ।
वडा अध्यक्ष पदम राज अवस्थीको अध्यक्षतामा बसेको बैठकले तीज कार्यक्रमको खर्च भोटेकोसी बाढी पीडितलाई सहयोग गर्ने निर्णय गरिएको छ ।
बैठकमा सबै वडा सदस्य र वडा सचिव सहभागी थिए । भीमदत्त ५ मा रिता चन्द, विनोद भट्ट, ईश्वरी पहरी र सुरेश चन्द वडा सदस्य छन् ।

सहयोग रकम प्रधानमन्त्री दैबी प्रकोप उद्वार कोषमा जम्मा गरिएको छ ।
वडा अवस्थीले आफूले पनि व्यक्तिगत रुपमा भोटेकोसी बाढी पीडितलाई सहयोग गरेका छन् ।भोटेकोसी बाढीमा परी भीमदत्त ५ का देबे बहादुर चन्द सम्पर्क बिहिन छन् ।
लाङटाङ हाइड्रोपावरमा सेक्युरिटी गार्ड चन्द बाढी आएपछि बेपत्ता छन् । वडा अवस्थीले चन्दको घर पुगेर परिवारलाई सान्त्वना र सहयोग गरेका छन् ।
‘भोटेकोसीले देश भर शोक ल्याएको छ, हाम्रो वडाका वडा वासी बेपत्ता छन्’ अध्यक्ष अवस्थीले भने, ‘बेपत्ता सबै चाडो सम्पर्कमा आउन, भन्ने कामन गर्छौ ।’
वडा अध्यक्ष अवस्थीली बाढीमा परी मृत्यु भएका सबैमा श्रद्धाञ्जली, उनीहरुका परिवारलाई समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
