

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ जानकी टोलस्थित मर्निङ्ग ग्लोरी सेकेन्ड्री स्कुलमा श्री कृष्ण जन्माष्टमीको अवसर पारी विभिन्न कार्यक्रम गरिएका छन् ।
विद्यालयमा चित्रकला प्रतियोगिता, कृष्ण भगवानको कथा वाचन, श्लोक वाचन, देउडा प्रतियोगिता र गौरा खेल खेलिएको छ ।


विद्यार्थीहरूले गौरा पर्वको मौलिक संस्कृति र परम्परालाई झल्काउने नृत्य तथा प्रस्तुति दिएका थिए भने कृष्ण जन्माष्टमीको अवसरमा भगवान् श्रीकृष्णसँग सम्बन्धित कथा तथा गतिविधि प्रस्तुत गरे । विद्यार्थीहरु मटका फोड्ने खेलमा पनि उल्लेख्य सहभागी भए ।

कार्यक्रमले विद्यार्थीहरूलाई स्थानीय कला, संस्कृति, परम्परा र धार्मिक महत्वबारे जानकारी गराउनुका साथै आफ्नो मौलिक संस्कृतिको संरक्षण र पुस्तान्तरणमा समेत सहयोग पुग्ने विद्यालयका प्रिन्सिपल चुडामणी शर्माले विश्वास व्यक्त गरे ।
