ghar sansar

राधाकृष्ण मन्दिरमा कृष्ण जन्माष्टमी महोत्सव

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ४ स्थित राधाकृष्ण मन्दिरमा श्री कृष्ण जन्माष्टमी महोत्सव मनाइएको छ ।

श्री कृष्ण जन्माष्टमीको अवसरमा शुक्रबार विहानदेखि साँझसम्म मन्दिरमा विभिन्न कार्यक्रम गरी जन्माष्टमी महोत्सव मनाइएको छ ।

शिव धाम मन्दिर क्षेत्रमा पर्ने मन्दिरमा राधा माधव समितिले महोत्सव मनाएको छ ।

समितिका अध्यक्ष हर्क बहादुर चन्दले विहानैदेखि भक्तजनहरुको उत्साहजनक सहभागिता भएको बताए ।

dirghayi clinic

‘यो सबै कृष्ण भगवानको लिला हो, विहानैदेखि भक्तजनहरु आउने क्रम निकै उत्साहजनक रह्यो’ अध्यक्ष चन्दले भने ।

शुक्रबार विहान ६ बजे आधा घण्टा प्रार्थना र त्यसपछि आरती तथा मन्दि परिक्रमा गरी जन्माष्टमी महोत्सव सुरु भएको थियो ।

समितिका उपाध्यक्ष खेमराज जोशीका अनुसार आरतीपछि अखण्ड किर्तन लगायतका कार्यक्रम गरिएका छन् ।

राति १२ बजे कृष्ण भगवानको पूजा र भजन किर्तनका कार्यक्रम गरिने उपाध्यक्ष जोशीले बताए ।

समितिले बर्सेनी कृष्ण जन्माष्टमी मनाउँदै आएको छ । मन्दिरमा जन्माष्टमी बाहेक असारमा गुरु पूर्णिमा मनाउने गरिएको छ ।

समितिले सहयोग संकलन गरी मन्दिर सहितका संरचना बनाएको छ ।

Himal dental
सम्बन्धित
Loading...