

महेन्द्रनगर । भीमदत्त नगरपालिका १३ स्थित सौगात इङ्गलिश मिडियम स्कुलले भोटेकोशी त्रिशूली बाढी पीडितलाई सहयोग गरेको छ ।

विद्यालयले शुक्रबार प्रधानमन्त्री राहत कोषमा सहयोग पठाएको छ । पहिलो किस्ता वापत २१ हजार ७ सय ७५ रुपैँया कोषमा जम्मा गरिएको विद्यालयका प्रिन्सिपल केशव भट्टले बताए ।
विद्यालय प्रशासन सहित शिक्षक, विद्यार्थी र अभिभावकबाट सहयोग संकलन गरिएको छ ।
सामाजिक उत्तरदायित्व अन्र्तगत विपद्का बेला राहत तथा पुनःस्थापनका लागि सहयोग गरिएको छ । भदौ १० गते भोटेकोशीको आएको बाढीmले रसुवा सहित १४ जिल्लामा ठूलो धनजनको क्षति भएको छ ।
