ghar sansar

जेन जी का सपना पूरा होउन

khasi

सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध जेन जी सडकमा आएर आन्दोलन गरी देश राजनीतिक सत्ता परिवर्तनको नयाँ चरणमा प्रवेश गरेको वर्ष दिन पुगेको छ ।

सरकारले भदौ २३ गते जेन जी दिवस घोषणा गरी मनाएको छ । गत वर्ष भदौ २३ गते जेन जी आन्दोलन भएका दिनलाई दिवस घोषणा गरी सरकार आन्दोलनका लक्ष्य, उद्देश्य र सपना साकार पार्न खोजेको सन्देश दिन खोजिएको छ ।

अहिलेको सरकार जेन जी आन्दोलनको बलमा बनेकाले यसलाई जेन जी सरकार भन्ने गरिन्छ । गत वर्ष फागुनमा भएको आम निर्वाचनमा प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारलाई दुई तिहाईको मत दिइएको थियो ।

चुनावपछि चैत १३ गते सरकार बनेर अहिले जेन जी दिवस पुग्दा पाँच महिना पुगेको छ । यस अवधिभित्र सरकार भोटेकोशी त्रिशूली बाढीको अकल्पनीय दुःखद घट्नामा फसेको छ । भदौ १० गतेको बाढीले रसुवा सहित १४ जिल्लामा ठूलो जनधनको नोक्सानी भएको छ । अझैसम्म वेपत्ता वासिन्दा सबै भेटिन सकेका छैनन् । सरकार विदेश सहयोग लिएर समेत खोजी, उद्धार तथा राहतका काममा सक्रिय भएर लागेको देखिन्छ । सरकारलाई सबै राजनीतिक दलले साथ दिएका छन् ।

जेन जी आन्दोलनबाट युवाको सामाजिक सञ्जालमाथिको प्रतिवन्ध फुकवा मात्रै भएन तत्कालिन संसद र सरकार दुबै विस्थापित भएका थिए । संसदबाट निर्वाचित राष्ट्रपति बाहेक सबै संसद विघटन भएर पूर्व प्रधानान्यायाधिश सुशिला कार्कीले अन्तरिम प्रधानमन्त्री बनेर सरकार सञ्चालनको जिम्मेवारी लिएकी थिइन् ।

कार्की सरकारले फागुन २१ गते चुनाव गरी बालेन्द्र शाहलाई सत्ता हस्तान्तरण गरेको थियो । जेन जी आन्दोलनको उभारबाट बनेको अहिलेको सरकारसित युवा मात्रै होइन सबै नागरिकको आश र भरोसा छ । त्यहीं भएर सबैले चुपचाप छाप हालेर अहिलेको सरकार बनाउन सहयोग गरेका हुन् । अहिले उनीहरु सरकार देशका सबै विद्यमान समस्याको हल गरी शान्ति, सुशासन, समानता, विकास र अवसर दिनु पर्ने आशा राख्छन् । राजनीतिक दलहरुले आश्वासन अनुसार देशलाई सञ्चालन गर्न नसकेको गुनासो पोखेर उनीहरु फागुन २१ गते नयाँ शक्तिलाई सत्तामा पुगाएका हुन् ।

dirghayi clinic

अहिले नयाँ जेन जी सरकारसित नागरिकका उहीं पुराना गुनासो र दुःखेसो छन् । सरकार चुनाव र जेन जी आन्दोलनको मर्म र भावना अनुसार अघि बढोस भन्ने चाहना उनीहरुमा छ । त्यसैले उनीहरुले नयाँ सरकारले कुनै पनि बहाना नगर्ने गरी चुनावमा दुई तिहाई मत दिएका हुन् । यो मतको सम्मान सरकारले आप्ना वाचा पूरा गरी दिनु पर्ने बाहेक अन्य बाटो छैन ।

बलियो सरकारसित गरिएका आशा पूरा भएन भने देशमा के होला भनेर आशंका पनि गर्न थालिएको छ । जेन जी आन्दोलनको सबैभन्दा ठूलो माग भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्ने हो । भ्रष्टाचार र दलाली देशका सबैभन्दा ठूलो समस्या हुन् । यी समस्या समाधानका लागि सरकारले प्राथमिकता दिएको बताए पनि देखिने गरी अझै काम हुन सकेको छैन ।

भ्रष्टाचार अन्त्य भाषणा र कागजमा लेखेर हुने विषय होइन । त्यहीं भएर यसको जरादेखि उत्खनन गरी निदान गर्न सके मात्रै सुशासन आउने हो । सरकारले ऐन कानुन, संरचना, जनशक्ति, प्रविधि, बानी व्यवहार सबै सुधार्न सके मात्रै सबैभन्दा ठूलो समस्या भ्रष्टाचार अन्त्य गर्न सकिने हुन्छ ।

बेरोजगारी, अवसरमा असमानता, राज्य शक्तिको दुरुपयोगबाट शक्ति आर्जन, थामी नसक्नु युवाको विदेश पलायन, दक्ष जनशक्ति बाहिरिने, कृषि क्षेत्र तहसनहस हुनु र स्वदेशमा औद्योगिक विकास नहुने सबै समस्या देशका लागि वर्षाैदेखि पिलो भएर खडा छन् । त्यस बाहेक प्राकृतिक विपद्ले बेला बेला अप्रिय नोक्सानीले देश संकटमा पर्ने समस्या पनि भोग्दै आएका छौ ।

सरकारले सुकुम्बासी समस्या, खाना पकाउने ग्याँसको हाहाकार र रसायनिक मल आपूर्ति गर्न नसकेर ठूलो जन आक्रोशको सामना गर्न परेको छ । आगामी दिनमा यो आक्रोशको आयतन फैलिने सम्भावना उत्तिक्कै छ । सरकार चुनावी वाचा र जेन जी आन्दोलनको म्यान्डेट शिरोधार्य गरी अघि बढ्न सके मात्रै जनतालाई आश्वस्त बनाउन सकिन्छ ।

जेन जी आन्दोलनका सपना साकार पार्ने जिम्मा ३६ वर्षिय प्रधानमन्त्री बालेन्द्र शाहलाई छ । नेपालको राजनीतिक इतिहासमा कम उमेरमा देश सञ्चालनको नेतृत्व लिएका शाहले जेन जीका माग र सपना पूरा गरी देशलाई विकास र समृद्धिको बाटोमा लैजाने सबैको आश पूरा गर्ने जिम्मेवारी सफलताका साथ निर्वाह गर्ने विश्वास गरौ ।

जेन जी आन्दोलनका सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली ।

Himal dental
सम्बन्धित
Loading...