ghar sansar

सामाजिक अभियन्ता धामीले सहयोग जुटाएर दैजीका कालुराम डगौरालाई भारत लगेर गराए अस्पताल भर्ना

khasi

महेन्द्रनगर । सामाजिक अभियन्ता धिरेन्द्र सिंह धामीले बेदकोट नगरपालिका ३ दैजीका अशक्त र अनाथ कालु डगौरालाई भारतीय सहर बरेली लगेर अस्पताल भर्ना गरेका छन् ।

दैजीका धामीले डगौराको उपचारका लागि सहयोग अभियान सञ्चालन गरेका छन् । आमा र बुवा गुमाएपछि बेसहरा भएका उनी आफन्तको घरमा बस्दै आएका छन् ।

दुई वर्षदेखि घर बाहिर आउन नसकेका डगौरालाई तीन दिन अघि बरेली लगिएको थियो ।

अहिले बरेलीमा उनलाई भास्कर हस्पिटलमा भर्ना गरी फिजियोथेरोपी थालिएको छ । १५ दिनसम्म अस्पतालमा राखिने डगौराले बताए ।

डगौराको उपचारका लागि सुरुमा बरेलीको राममूर्ति हस्पिटलमा पुगाइएकोृ थियो । असपतालमा स्वास्थ्य जाँचपछि उपचार हुन नसक्ने भएपछि भास्कर लगिएको हो ।

्डगौरा लगातार दुई बर्ष सुतेकाले उपचार गर्न सकिने अवस्था नभएको देखिएपछि फिजियोथेरापीका लागि भास्कर लैजान राममुर्तिका चिकित्सकले सल्लाह दिएको धामीले बताए ।

धामी बेदकोट नगरपालिका १ रडाहास्थित आस्था पुञ्ज बोर्डिङ्ग स्कुलमा पढाउँछ्न । घर नजिक आमा बुवा गुमाएका डगौराको अवस्थााई देखेर सहयोग संकलन अभियान सुरु गरेका हुन् ।

dirghayi clinic

दुई बर्षभित्र एक पछि अर्को गरी डगौरले आमा गुमाएका हुन । दुई बर्ष बुवाको मृत्यु भएपछि आमाले उनको हेरचाह गर्दै आएकी थिइन । डेढ बर्ष अघि आमा पनि छाडेर गएकी थिइन ।

छिमेकी डगौराको हालत देखेर धामी केही गर्न सके राम्रो हुने सोच्थे । बिद्यालय बाहेक समयमा उनी सामाजिक संजालमा गाउँ घरका समस्या बाहिर ल्याउदै आएका छन् ।

१५ शैय्याको नगर अस्पताल निर्माणको ढिलाईबारे कञ्चनपुर २ का साँसद दीपक बोहरासित गरिएको कुराकानी भाइरल भएको थियो ।

अस्पताल निर्माण स्थलमा धामीले अस्पताल निर्माण ठेकेदार कम्पनीका सञचालकसित कुरा गरेका थिए ।

सामाजिक सञ्जालमा जनताका समस्या उठाउदै आएपछि धामीले सामाजिक अभितन्ताको परिचय बनाएका छन् ।
धामीले डगौराका लागि फेसबुकमा सहयोग अभियान सुरु गरे ।

देश बिदेशबाट उनले साथ पाए । सहयोग रकम डगौराको घरमा पुगेर हस्तान्तरण गरे । सहयोगी सवैको नाम सहित सामाजिक संजालबाट सार्वजनिक गरे ।

एक लाख ३० हजार बढी सहयोग रकम संकलन भयो । बिहीबार धामीले डगौरालाई उपचारका लागि भारतको बरेली लगेका छन् ।

बरेलीको राममूर्ति अस्पतालमा डगौरालाई लगिएको छ । घरमा एम्बुलेन्स बोलाएर धामी आफैले डगौरालाई बरेली लगेका थिए ।

Himal dental
सम्बन्धित
Loading...