

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ जानकी टोलस्थित मर्निङ्ग ग्लोरीमा जेन जी दिवसको अवसर पारी विभिन्न कार्यक्रम गरिएका छन् ।
कविता, चित्रकला र रङ्ग भर्ने लगायतका प्रतियोगिता गरिएका छन् । विद्यालयका कक्षा १ देखि ३ का विद्यार्थीले राष्ट्रिय झण्डा बनाएर रङ्ग भरेका छन् ।

जेन जी आन्दोलन र सहिद सम्बन्धि कविता प्रतियोगिता गरिएको छ ।
कक्षा ४ देखि ७ सम्मका विद्यार्थीबीच जेन जी आन्दोलन प्रतिनिधित्व चित्रकला प्रतियोगिता गरियो । नर्सरी र युकेजीका विद्यार्थीले चित्रमा रङ्ग भरे ।
विद्यालयका प्रिन्सिपल चुडामणी शर्माले विभिन्न प्रतियोगिताका विजयी विद्यार्थीलाई बुधबार पुरस्कार प्रदान गरिने बताए ।
