ghar sansar

कञ्चनपुरमा छाडा पशु चौपाया समस्या अध्ययनका लागि सहायक सिडिओको नेतृत्वमा कार्य दल गठन

khasi

महेन्द्रनगर । छाडा पशु चौपाया समस्या अध्ययनका लागि कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा कार्य दल गठन गरिएको छ ।

कञ्चनपुर ३ का साँसद ज्ञानेन्द्र सिंह महता सहितको उपस्थितिमा बुधबार जिल्ला प्रशासन कार्यालयमा गरिएको छलफल कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीको संयोजकत्वमा ११ सदस्यीय अध्ययन कार्यदल गठन गरिएको छ ।

कार्यदलले जिल्लामा छाडा चौपायाको वास्तविक अवस्था पहिचान गर्ने र छाडा चौपायाबाट भइरहेको हानी–नोक्सानी, कृषकमा परेको असर, सडक तथा सार्वजनिक क्षेत्रमा सिर्जना भएको समस्या, पशुहरूको वर्तमान अवस्था तथा विगतमा गरिएका व्यवस्थापनका प्रयासबारे अध्ययन बताइएको छ ।

यसैगरी छाडा चौपाया व्यवस्थापनका लागि स्थानीय तह तथा अन्य निकायबाट हालसम्म भएको खर्चको विवरण समेत संकलन गर्ने भएको छ ।

dirghayi clinic

विगतमा खर्च भए पनि समस्या किन समाधान हुन सकेन भन्ने विषयमा समेत कार्यदलले अध्ययन गर्नेछ ।

कार्यदलले सम्बन्धित स्थानीय तह, जिल्ला प्रशासन, वन कार्यालय, पशु सेवा क्षेत्र, प्रहरी, कृषक, उद्योग वाणिज्य क्षेत्र, पशु संरक्षणमा काम गरिरहेका संस्था,राजनीतिक दल तथा अन्य सरोकारवालासँग छलफल गरी समस्या समाधानका लागि आवश्यक सुझाव संकलन गर्नेछ ।

छाडा चौपाया समस्या लामो धेरै वर्षदेखि चुनौतीपूर्ण भएपछि साँसद महताले दीर्घकालिन समाधानका लागि प्रशासनमा सरोकारवाला सबैसित छलफल कार्यक्रम राखेका थिए ।

अहिले जिल्लाका विभिन्न बजार क्षेत्र, मुख्य सडक, बस्ती तथा कृषि क्षेत्रमा छाडा चौपाया समस्या छ ।

किसानको बालीमा क्षति पुग्नुका साथै सडक दुर्घटनाको जोखिम, यातायातमा अवरोध, सार्वजनिक स्थलमा असहजता तथा पशुहरूको संरक्षण समेत समस्या पर्दै आएकाले समाधानका लागि माग हुँदै आएको छ ।

साँसद महताले कञ्चनपुरमा लामो समयदेखि जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको विषय भएकाले महताले यसलाई स्थानीय तहमा मात्र सीमित नराखी संघीय सरकारको तहमा समेत उठाउँदै आएको कार्यक्रममा जानकारी दिए ।

Himal dental
सम्बन्धित
Loading...