

महेन्द्रनगर । नेकपाका युवा नेता दिपेन्द्र ऐरीले एक हप्तामै छाडा पशु चौपाया समाधान हुने उपाय सुनाएका छन् ।

समाजिक सञ्जालबाट बुधबार साँझ ऐरीले छाडा चौपाया व्यवस्थापनको नयाँ उपायबारे जानकारी दिएका छन् । ऐरीले चौपाया व्यवस्थापनमा हुने खर्च जोगाउन यस्तो उपाय अघि सारेका हुन् ।
राज्यको लगानी खर्च नगरी कञ्चनपुरका स्थानीय तहदेखि संघीय संसदसम्मका सबै जनप्रतिनिधि र राजनीतिक दलका नेताले एउटा÷एउटा गाई गोरु आफ्नो घरमा पाल्ने आँट गरे समस्या एक हप्ताभित्रै समाधान हुने ऐरी धारणा ऐरीले राखेका छन् ।
‘छाडा चौपाया व्यवस्थापन गर्न राज्यकै लगानी मात्र किन लगाउने, कञ्चनपुर जिल्ला भरी रहेका संघीय सरकार प्रतिनिधी, प्रदेश सरकार प्रतिनिधि स्थानिय जनप्रतिनिधि सबैले एउटा एउटा गाई गोरु लगेर घरमा पाल्ने आट गरौन ,
बांकि बचेपछि राजनितिक दलमा आवद्व सबै पार्टीका केन्द्रिय समिती सदस्यहरु पालौ गाईगोरु घरमा लगेर । अनि राज्यको लगानी विना नै एक महिना हैन एक हप्तामा समाधान हुन्छ छाडा चौपाया समस्या !!’
