ghar sansar

बैतडीको मेलौलीस्थित मणिलेक माविमा पूर्व विद्यार्थी डा. जोशी दम्पत्तिको अक्षय कोष

khasi

महेन्द्रनगर । बैतडीको मेलौली नगरपालिका–७, काँडास्थित मणिलेक माध्यमिक विद्यालयमा शैक्षिक अक्षय कोष स्थापना गर्ने उद्देश्यले पूर्व विद्यार्थी डा. जगन्नाथ जोशी तथा श्रीमती लक्ष्मी जोशीले ७५ हजार सहयोग गरेका छन् । आफूले अध्ययन गरेको विद्यालयको शैक्षिक विकासमा योगदान पु¥याउने उद्देश्यले जोशी दम्पत्ति सहयोग गरेका छन् ।

विद्यालयका अनुसार डा. जोशीले विद्यार्थी जीवनदेखि नै शिक्षा तथा ज्ञानको क्षेत्रमा योगदान गर्दै आएका छन् । आफ्नो अध्ययनकालमै मेलौलीमा ‘झरो पुस्तकालय’ स्थापना गरी स्थानीयस्तरमा अध्ययन–पठन संस्कृतिको विकासमा योगदान पु¥याएका उनले पुस्तकालयको विकासका लागि पुस्तक तथा नगद गरी ७५ हजार समेत सहयोग गरेका थिए ।

पछि उक्त ‘झरो पुस्तकालय’ पनि मणिलेक माध्यमिक विद्यालयमै समायोजन गरिएको विद्यालय स्रोतले जनाएको छ ।
शिक्षाप्रतिको आफ्नो पुरानो लगावलाई निरन्तरता दिँदै अहिले पुनः आफूले अध्ययन गरेको विद्यालयमा शैक्षिक अक्षय कोष स्थापनाका लागि ७५ हजार रुपैयाँ सहयोग गर्नुले विद्यालयप्रतिको उनको आत्मीयता, कृतज्ञता र सामाजिक उत्तरदायित्वलाई झल्काएको विद्यालयका शिक्षकले बताए ।

डा. जगन्नाथ जोशी नेपाल सरकारका अवकाशप्राप्त प्राविधिक अधिकृत हुन् । सरकारी सेवाबाट अवकाशपछि पनि उनले आफ्नो विज्ञता र अनुभवलाई विभिन्न क्षेत्रमा उपयोग गर्दै आएका छन् ।

उनले विभिन्न वनविज्ञान तथा इन्जिनियरिङ कलेजमा प्राध्यापन गर्नुका साथै सम्बन्धित क्षेत्रमा परामर्शदाताका रूपमा समेत कार्य गर्दै आएको बताइएको छ ।

dirghayi clinic

विद्यालयले जोशी दम्पतीको योगदानलाई केवल आर्थिक सहयोगका रूपमा नभई आफूले अध्ययन गरेको शैक्षिक संस्थाप्रतिको कृतज्ञता, सामाजिक उत्तरदायित्व र भावी पुस्ताको शिक्षामा गरिएको दीर्घकालीन लगानी का रूपमा लिएको छ ।

अन्य पूर्वविद्यार्थीलाई पनि प्रेरणा मिल्ने विश्वास यस पुण्य कार्यप्रति प्रतिक्रिया दिँदै साहित्यकार जगदीश ओझाले डा. जगन्नाथ जोशी तथा श्रीमती लक्ष्मी जोशीको योगदान अत्यन्तै सराहनीय, अनुकरणीय र प्रेरणादायी रहेको बताएका छन् ।

ओझाले आफूले ज्ञान र संस्कार प्राप्त गरेको विद्यालयप्रति कृतज्ञता व्यक्त गर्ने यस्ता रचनात्मक कार्यले मणिलेक माध्यमिक विद्यालयका अन्य पूर्वविद्यार्थीहरूलाई समेत प्रेरित गर्ने र विद्यालयको शैक्षिक विकासमा थप योगदान जुट्ने विश्वास व्यक्त गरेका छन् ।

उनका अनुसार, आफूले अध्ययन गरेको विद्यालय र समुदायका लागि गरिने यस्ता योगदानले पूर्वविद्यार्थी र विद्यालयबीचको आत्मीय सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै विद्यालयको दीर्घकालीन शैक्षिक विकासका लागि सकारात्मक वातावरण निर्माण गर्न सक्छ।

विद्यालय परिवारले सहयोगदाता डा. जगन्नाथ जोशी तथा श्रीमती लक्ष्मी जोशीप्रति हार्दिक आभार व्यक्त गर्दै उनीहरूको योगदानले विद्यार्थीहरूको शैक्षिक विकास, अवसर र प्रगतिमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

आफूले पढेको विद्यालयप्रतिको कर्तव्यबोध, ज्ञानप्रतिको सम्मान र भावी पुस्ताको उज्ज्वल भविष्यप्रतिको चिन्तनलाई व्यवहारमै रूपान्तरण गर्ने जोशी दम्पतीको यो योगदान पूर्वविद्यार्थी र विद्यालयबीचको सम्बन्धको एउटा प्रेरणादायी उदाहरण बनेको छ ।

Himal dental
सम्बन्धित
Loading...