ghar sansar

शान्ति निकेतन, जसको छ आफ्नै शान

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ ऐठ्पुरस्थित शान्ति निकेतन माध्यमिक बिद्यालय ६ बर्षदेखि पुष्पराज ओझा प्रधानाध्यापक छन् ।

ओझा अघि बहादुर चन्द बिद्यालय प्रधानाध्यापक थिए । चन्दले छाडेपछि ओझालाई जिम्मेवारी दिइएको थियो । माबि बिज्ञान विषयका शिक्षक ओझा २०७३ मा शान्ति निकेतन पुगेका हुन् ।

सिद्धनाथ बिज्ञान क्याम्पसबाट बीएस्सी उत्तीर्ण गरेपछि २०५४ मा राष्ट्रिय माबि पहरियामा निमावि बिज्ञान अस्थायी शिक्षक भएर शिक्षण सुरु गरेका थिए ।

२०६३ सम्म ओझाले राष्ट्रिय माबिमा शिक्षण गरे । त्यही कार्यरत हुदा ओझाले २०६३ मा मावि स्थायी भए । उनी भीमदत्त नगरपालिका ९ मटेनास्थित बैजनाथ सिद्धनाथ माबि पदस्थापन गरिए ।

एक बर्ष मटेनामा शिक्षण पछि ओझा २०६४ मा महाकाली जन सेवा माध्यमिक विद्यालय हल्दुखाल सरुवा भए । हल्दुखालबाट उनी शान्ति निकेतन पुगेका हुन् ।

शान्ति निकेतनमा ओझाले शिक्षक समन्वय राम्रो पाए । बिद्यालय आएको तीन वर्ष पुग्दा प्रधानाध्यापकको जिम्मेवारी काँधमा आई पुग्यो ।

२०७६ मा कोरोना महामारी फैलिएपछि देश भर लक डाउन गरिएको थियो । विद्यालय बन्द थिए । घर बाहिर निस्कन नसकिने अवस्था थियो ।

 कोरोना महामारीमा ओझाले प्रधानाध्यापकको जिम्मेवारी लिए । घर बाहिर निस्कन सकिने अवस्था नभएकाले अनलाईन कक्षा सुरु गरी पठनपाठन गराए । २०७८ मंसिरमा बिद्यालय खुलेपछि उनी बिद्यालय आउन पाएका थिए ।

लक डाउन थियो, स्कुल बन्द थियो, अन लाइन क्लास चलायौ त्यति बेलाको अवस्था सम्झिदै प्रधानाध्यापक ओझा भन्छ्न, ‘स्कुल्मा पानी थिएन, भित्र आउन पाइदैन थियो ।’

शान्ति निकेतनमा विद्यार्थी सङ्ख्या स्थिर मानिन्छ । हाल चार सय बढी अध्ययनरत छन् ।

बिद्यालयले प्रार्थनालाई अन्य बिद्यालयको भन्दा फरक बनाएको छ । दैनिक विद्यार्थीले रोल नम्बर अनुसार प्रार्थना लाइनमा प्रतिभा देखाउने गर्छन् ।

विद्यार्थीलाई बोल्न सिकाउने क्षमता बिकास र प्रतिभा प्रष्फुटनका लागि दैनिक स्पीच राखिएको प्रधानाध्यापक ओझाले बताए । ‘प्रार्थनामा म्यूजिल पिटी हुन्छ, विद्यार्थीले रोल नम्बर अनुसार स्पिच गराइन्छ, विद्यार्थीलाई बोल्न सिकाउने, हिजिस्टेस्न हटाउने स्पिच गराइन्छ’ उनले भने, ‘यसबाट विद्यार्थी प्रतिभा थाह हुन्छ ।’

बिद्यालयमा देशका लागि योग्य नागरिक बनाउने लक्ष्य राखेर दैनिक जीवनसित जोडेर पठनपाठन गराइने प्रधानाध्यापक ओझा बताउँछन् ।

नयाँ शैक्षिक सत्रदेखि सबै कक्षामा प्रोजेक्टरबाट पढाई गर्ने तयारी थालिएको छ । पठनपाठन र अतिरिक्त क्रियाकलाप दुबैमा विद्यालयले असल नतिजा हासिल गर्दै आएको छ ।

बिद्यालयबाट एसईईमा ए प्लस ल्याएर उत्तीर्ण आस्था ओझा एमबीबीएस तेस्रो बर्ष अध्ययनरत छन् ।

dirghayi clinic

भलिबल र कबड्डीमा नगर स्तरीय प्रतियोगितामा पहिलो वा दोस्रो स्थान हासिल गर्दै आएको छ । एसईईमा उत्कृष्ट नतिजा ल्याएपछि गत बर्ष भीमदत्त नगरपालिकाले सम्मान गरेको थियो ।

बैजनाथ माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक बीर बहादुर चन्दले जामनको रुखमा पढाउन सुरु विद्यालय खोलेका हुन् ।

२०२६ मा रबिन्द्र नाथ टैगोरबाट प्रभावित भएर चन्दले बिद्यालय खोलेका थिए । चन्द ऐठपुर मधुवनका हुन् ।

जामुनको रुख मूनि सुरु गरिएको विद्यालय माटोको गारो लगाएर बनाएको भवन हुँदै अहिले पक्की भवनमा पुगेको छ ।
२०३९ मा निमाबि, २०६१ मा माबि र २०६३ मा अनुमति लिएपछि शान्ति निकेतन उमाबि बनेको थियो ।

बेलौरी नगरपालिकाका शिक्षा शाखा प्रमुख अमित प्रसाद भट्टदेखि एकै पटक शाखा अधिकृतको लोक सेवा पास भएका बसन्ती भट्ट दिदी बहिनीले शान्ति निकेतनमा पढेका थिए ।

कञ्चनपुर भरि यो र आयुर्वेद पढाई हुने यो एक मात्रै बिद्यालय हो । कक्षा ११ र १२ मा यी बिषय बाहेक व्यवस्थापन र शिक्षा बिषय पनि पढाइन्छ ।

बिद्यालयका प्लस टु संयोजक परमल साउदका अनुसार योग र आयुर्वेद पढ्न मधेस प्रदेशबाट समेत विद्यार्थी आउने गरेका छन् । ‘योग र आयुर्वेद स्वास्थ र जागिर दुबै हिसाबले राम्रा बिषय छन्’ उनले भने, ‘यी बिषयमा अहिले विद्यार्थी आकर्षण छ ।’

२०६५ मा प्लस सञ्चालन गर्ने लहर चलेको थियो । उच्च माध्यमिक शिक्षा परिषदबाट शिक्षा, व्यवस्थापन र मानविकी बिषय अध्यापनको अनुमति लिएर प्लस टु सञ्चालन गरिएको थियो ।

विद्यालयमा माबि ५, उमाबि, २ निमावि ४ र प्राबिमा ७ दरबन्दी छ्न । माबि नेपाली नेपाली र निमाबि गणित र बिज्ञान बिषयका शिक्षक अपुग भएको प्रधानाध्यापक ओझाले बताए ।

विद्यालयसित १३ कट्टा जग्गाको पूर्जा छ । पूर्जा बन्न अघि बढी जग्गा भएको दाबी गरिन्छ । विद्यालय पूर्व विद्यार्थी दिपक साउँद आफूले पढ्दा अमला खान जाने झाडी अहिले बिद्यालयसित नभएको बताउँछन् ।

साउद अहिले बिद्यालयमा कर्मचारी छन् । उनी भन्छन् , ‘२०५१ सम्म तीन कोठाको थियो, अमला खान जान्थे, बेसरम झाडी थियो अहिले त्यो छैन ।’

बिद्यालयमा अहिले सबैभन्दा ठूलो समस्या भवनको देखिएको छ । पूराना भवन अधिकाँश जीर्ण बनेका छ्न । टीन छतका भवनका कक्षा कोठामा पानी चुहिने समस्या भएको शिक्षकहरु बताउँछन् ।

भौतिक पूर्वाधार निर्माण बढाउँदै लगेको शान्ति निकेतनमा बिज्ञान र कम्प्युटर प्रयोगशाला छ । पूर्व विद्यार्थी बिपीन जोशीको सम्झनामा उनका कका अम्बा दत्त जोशीले ५० हजारको अक्षय कोष स्थापना गरेका छन् ।

जोशीले शान्ति निकेतनबाट एसएलसी गरेका हुन । कक्षा ९ देखि जोशीले शान्ति निकेतन पढेका थिए । अम्बा दत्त विद्यालयका शिक्षक हुन् ।

गरीब, दलित र जेहेन्दारलाई छात्रवृत्तिका अक्षय कोष बनाइएको छ । 

बिद्यालयमा अहिले एक देखि ६ र ९ र १० कक्षामा अङ्ग्रेजी माध्यममा पढाई हुन्छ । अर्को बर्षदेखि ७ र ८ मा अङ्ग्रेजी माध्यम सुरु गरिने प्रधानाध्यापक ओझा बताउँछन् ।

भन्छ्न , ‘समय र अभिवावकको चाहना र माग अनुसार अङ्ग्रेजी माध्यम संचालन गरी अघि बढेका छौ ।’

Himal dental
सम्बन्धित
Loading...