

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका–१ स्थित स्याउले टोल सीमा क्षेत्रमा सशस्त्र प्रहरीले सालका गोलिया बरामद गरेको छ ।

भदौ २४ गते राति करिब १ः५० बजे सशस्त्र प्रहरी बल, नेपाल बीओपी भुमिराज गुल्मपति निरीक्षक नरेन्द्रबहादुर विष्टको कमाण्डमा खटिएको टोलीले सीमा क्षेत्रमा गस्ती गर्ने क्रममा सालका ४ थान गोलिया बरामद गरेको हो ।
बरामद गरिएको काठ आवश्यक कारबाहीका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय, मझगाउँ, कञ्चनपुरमा बुझाउने प्रक्रियामा रहेको बीओपी भुमिराजका गुल्मपती नरेन्द्र बहादुर विष्टले जानकारी दिएका छन् ।
प्रहरीले काठ कहाँबाट ल्याइएको र कसले ओसारपसार गर्न खोजेको भन्ने विषयमा आवश्यक अनुसन्धान थालिएको बताएको छ ।
