ghar sansar

महाकाली नदीको चार लेन पुलमा सवारी दुर्घटना, आमा र छोरा छोरी घाइते

khasi

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका–१ स्थित चार लेन पुलमा अटो र मोटरसाइकल ठोक्किँदा आमा र छोरी सहित तीन जना घाइते भएका छन् । घाइते सबै एकै घर परिवपारका हुन् ।

महेन्द्रनगरबाट दोधारा चाँदनीतर्फ आउँदै गरेको सु.प.प्र. ०२००१ ह १६६९९ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हो ।

dirghayi clinic

इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका अनुसार दुर्घटनामा परी डडेलधुराको आलिताल गाउँपालिका वडा नं. ८ डोलोकी २६ वर्षीया ललिता सारु मगर र उनकी १२ महिनाकी छोरी मेघना सारु मगर घाइते भएका छन् ।

दुर्घटनामा छोरी मेघनाको पेट, बायाँ गाला र छातीमा चोट लागेको छ भने आमा ललिताको पेटको बाहिरी भागमा चोट लागेको छ। ललिताका छोरालाई पनि चोट लागेको छ ।

दुर्घटना लगत्तै घाइतेहरूलाई दोधारा चाँदनी नगर अस्पतालमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि महाकाली प्रादेशिक अस्पताल रेफर गरिएको छ ।

दुर्घटना पछि फरार रहेको मोटरसाइकलको खोजी कार्य तीव्र पारिएको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ।

Himal dental
सम्बन्धित
Loading...