ghar sansar

देश बनाउँछु भन्ने छोरी लाश घरमा, विक्षिप्त भएर बिलौना पोख्दै आमा

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १० सुकासालकी संगीता बडु लोक सेवा लडेर परराष्ट्र सेवाको जागिर खान चाहन्थिन् । सरकारी जागिर खाएर मात्रै विहे गर्ने भन्दै उनले अध्ययनमा मात्रै ध्यान दिइन् । उनी आमा मन्जुदेबीलाई कुटनीतिज्ञ बन्ने र देश बनाउने भन्दै पटक पटक भन्ने गर्थिन् ।

आइतबार दिउँसो महाकाली प्रादेशिक अस्पतालको व्यवस्थापन समिति सभा कक्षमा छोरीको कुरा गर्न थालेपछि आमा मन्जुदेबी आँखाबाट आँशु झार्दै रुन थालिन् ।

‘परराष्ट्रको अफिसर हुने तयारी गर्दै थिई, कुटनीतिज्ञ बन्छु भन्थी मलाई, त्यही भएर विहे पनि गरेन’ उनले भनिन्, ‘भगवत, पुराणलाई संसारभरि चिनाउन अंग्रेजीमा ट्रान्सलेट गर्दै थिई ।’

मन्जुदेबीले आँशु झार्दै छलफलमा पटक पटक आफ्ना कुरा राखिन् । छोरीको शव लिएर आफू जान नसक्ने वेदना सुनाइन् । ‘मेरो छोरीले यहीं अस्पतालमा पनि जागिर खान पर्ने हो, आज लाश भएकी छ, म कसरी लैजाउ छ ।’

संगिता मन्जुदेबीका चार सन्तानमा जेठी छोरी हुन् । उनीपछि दुई छोरा र एक छोरी छन् । उनीहरु सहित मन्जुदेबी छलफलमा सहभागी भएकी हुन् ।

टाउनको चुन्नी र कम्मरमा कपडा बाँधेर आएकी उनकले थकित र मलिन अनुहार लिएर छलफलमा आफ्ना कुरा राखेकी थिइन् ।

‘मेरो छोरीको लाश कसरी बुझु, न त हामीलाई धनगढी जान दियो, कति कन्फिडेन्ट भएका थियौ, तर मेरो छोरी मारियो, हत्या गरियो,अहिले छोरीको लाश कसरी लगुँ, छोरीलाई न्याय होस, नत्र म यसै बाच्न सक्दिन’ उनले भनिन् ।

भदौ ५ गते राति २ बजे महाकाली अस्पताल ल्याएर उपचार गरिएकी संगिताको २१ दिनपछि शुक्रबार सघन उपचार कक्षमा मृत्यु भएको थियो ।

सर्पले टोकेको भन्दै अस्पताल आएपछि उनलाई आकस्मिक उपचार कक्ष हुँदै आइसियुमा राखिएको थियो ।

मृतक बडुका घर परिवारले चिकित्सकको लापरवाहीले ज्यान गएको भन्दै आरोप लगाएपछि अस्पतालसित आइतबार छलफल थालिएको हो । अस्पतालसित उनीहरुबीच शुक्रबारदेखि छलफल हुन थालेको थियो ।

अस्पताल प्रशासनले चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्ने आरोप सही नभएको भन्दै छानबिनका लागि तयार भएको जवाफ दिएको छ ।

अस्पताल प्रमुख डा. हेमराज जोशीले आइतबार पनि छलफलमा छानबिनका लागि तयार भएको बताए ।

अब यो विषयमा धेरै छलफल भइ सकेको छ, तपाईहरु कानुनी प्रक्रियामा जान सक्नु हुन्छ भने त्यो पनि ठिक छ, छानबिन समिति बनाउन चाहनु हुन्छ भने त्यो पनि ठिक छ, तपाईहरुलाई जे ठिक लाग्छ, हामी तयार छौ’ उनले भने ।

dirghayi clinic

डा. जोशीले आरोपका आधारमा उपचारमा संलग्न चिकित्सकमाथि आफूले कारवाही गर्न सक्ने र लाइसेन्स खारेज गर्न नसक्ने बताए ।

‘यो मेरो हातमा छैन, कानुनले जे भन्छ, त्यो गर्छाै, म कारवाही र लाइसेन्स खारेज गर्न सक्दैन, म मात्रै होइन, यहाँ अध्यक्षज्यूले सक्नु हुन्छ, कसैले पनि सक्नु हुन्न’ उनले भने,‘न्याय दिने निकायमा जाँदा यसको निरुपण होला, त्यो हामी गर्न सक्दैनौ ।’

चिकित्सक सन्तोस चौधरीले मृतक बडुको उपचार गरेका थिए । चौधरी पाँच महिनादेखि अस्पतालमा कार्यरत छन् ।
महाकाली अस्पताल व्यवस्थापन समिति अध्यक्ष महेश प्रसाद पन्त, निवर्तमान अध्यक्ष कृष्णानन्द भट्ट, मेसु जोशी र मृतक बडुका घर परिवार र आफन्त सहभागी भए ।

मृतक बडुकी आमा मञ्जुदेवी बडूले छोरीलाई न्याय खोजेको बताइन् । उनले छोरीको उपचारमा संलग्न चिकित्सकलाई कारवाही हुनु पर्ने र उनको लाइसेन्स खारेज हुनु पर्ने माग उनले राखिन् ।

‘न्याय होस, डाक्टरको लाइसेन्स खारेज होस, त्यसमा सहमति होस, त्यस बाहेक मलाई केही चाहिएको छैन’ उनले भनिन्, ‘मलाई पूर्ण न्याय चाहिन्छ, मेरी जेठी छोरी हुन् ।’

झण्डै दुई घण्टा चलेको छलफलमा दुबै पक्षले आ आफ्ना धारणा राखेपछि निष्कर्ष विना सकिएको छ ।

मृतक बडुकी बहिनी ज्योतिले अस्पताल प्रमुख जोशीलाई उपचारमा लापरवाही गरिएको हो कि होइन भनेर मेसु जोशीलाई सोधेकी छन् । 

स्वास्थ्य विषय पढेकी उनले उपचारमा स्वास्थ्य प्रोटोकल पालना नगरिएको गुनासो गरिन् ।

उनीहरुसंगै आफन्तहरले पनि आफ्ना कुरा राखे । उनीहरुले घट्ना भइ सकेकाले समाधानका गरी अघि बढ्नु पर्ने बताए ।

डा. जोशीले मृतकलाई आफूले घर परिवारको सदस्य मानेको उल्लेख गर्दै अस्पताल प्रशासन सधैं साथमा हुने बताए । पीडित परिवारलाई आफूले गल्ती गरेको लागेको छ भने आफूले राजीनामा दिन समेत पछि नपर्ने डा. जोशीले बताए ।

अस्पताल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष भट्टले छानबिन समिति बनाएर निकास खोज्न सकिने बताए ।

‘यहाँ बसेर छलफल गरी निकास खोजी रहेका छौ, हुँदैन भने कानुनी बाटोमा जाने भन्ने हो, त्यसका लागि प्रहरी मार्फत जाने कि छानबिन समिति बनाएर जाने कुरा हुन्छ; उनले भने ।

छलफलमा वडा प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक दर्शन खड्काले प्रहरीको काम शान्ति सुरक्षा दिने भएको धारणा राखेका थिए ।

पीडित परिवारले आइसियुमा मृत्यु भएपछि बल प्रयोग गरी शव बाहिर निकालेको भन्दै असन्तुष्टि पोखेका थिए । अहिले संगिताको शव अस्पतालको शव गृहमा राखिएको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेश प्रसाद पन्तले कानुन अनुसार सबै माग पूरा गर्न अस्पताल तयार भएको बताए ।

‘घटनाको सत्यतथ्य छानबिन हुन्छ, त्यसका लागि अस्पताल छानबिन समिति बनाउन तयार छ’ उनले भने, ‘हामी पीडितको माग अनुसार अघि बढ्न चाहन्छौ ।’

 

Himal dental
सम्बन्धित
Loading...