

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ की एक युवतीले आफ्नो जन्म आफ्नो जन्म दिनमा अनाथ बालबालिकालाई सहयोग गरेकी छन् । गत वर्ष अनाथ बालबालिकालाई भोजन खुवाएर जन्म दिन मनाएकी सेजल भट्टले यस वर्ष नगद सहयोग गरेकी छन् ।
महाकाली समाज कल्याण अञ्चल बाल अनाथालयलाई भट्टले पाँच हजार एक सय रुपैँया सहयोग गरेकी छन् । सहयोग रकम उनका बुवा केशवदत्त भट्टले अनाथालयका लबराज भट्टलाई हस्तान्तरण गरे ।


‘यस अघि अनाथालयमा खाना खुवाउने लगायतका कार्यक्रम गरी जन्म दिन मनाईएको थियो, यस वर्ष पनि त्यसलाई निरन्तरता दिएर सहयोग गरेकी छन्’ बुवा केशवदत्त भट्टले भने ।
सरकारले अनुदान कटौ्रती गरेपछि तीन दशकदेखि सहयोग जुटाएर अनाथालय सञ्चालन हुँदै आएको छ । अनाथालयमा विभिन्न जिल्लाका अनाथ बालबालिकाले आश्रय पाएका छन् ।
