ghar sansar

मुस्ताङ्ग घुम्न गएको भन्दै सामाजिक सञ्जालमा प्रचार भएपछि शुक्लाफाँटाका मेयर महराले भने– घुम्न होइन, सम्मेलनमा सहभागी हुन आएको हो

khasi

महेन्द्रनगर । सामाजिक सञ्जालमा घुम्न गएको भन्दै प्रचार गरिएपछि शुक्लाफाँटा नगरपालिकाका मेयर रण बहादुर महराले प्रष्टीकरण दिएका छन् ।

सामाजिक सञ्जालबाट महराले आफू घुम्नका लागि नभएर जल वायु सम्बन्धि राष्ट्रिय सम्मेलनबाट सहभागी हुन मुस्ताङ्ग पुगेको स्पष्ट पारेका छन् ।

dirghayi clinic

मुस्ताङ्गको घरपझोङ गाउँपालिकाले आयोजना गर्न लागेको सम्मेलन मंगलबारदेखि जलवायु परिवर्तन सम्मेलन २०८३’ आयोजना गर्न लागेको छ । सम्मेलनमा सहभागी हुन महरा मुस्ताङ्ग पुगेका हुन् ।

मंगलबार बिहान ८ बजे उद्घाटन गर्ने कार्यक्रम छ। मुस्ताङ सदरमुकाम जोमसोममा भदौ ३० देखि ३१ गतेसम्म चल्ने घरपझोङ जलवायु परिवर्तन सम्मेलनमा जलवायु संकटबारे चर्चा हुने जनाइएको छ। सुदूरपश्चिमका ६४ स्थानीय तहका प्रमुख उप प्रमुख सम्मेलनमा सहभागी छन् ।

मेयर महराको सचिवालयले सामाजिक सञ्जालमा गलत प्रचार गरिएको भन्दै सत्य तथ्य बुझेर लेख्नु आग्रह गरेको छ ।
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सम्मेलन उद्घाटन गर्ने तय भएको छ। सम्मेलनको विशिष्ट अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे रहने भएका छन्।

Himal dental
सम्बन्धित
Loading...