ghar sansar

राजनीतिमा सक्रिय हुन चाहन्छन् शिक्षणबाट राजीनामा दिएका शिक्षक बिर्ख मल्ल

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १५ खैरभट्टी स्थित लक्ष्मी माध्यमिक बिद्यालयमा बिदाई भएपछि शिक्षक बिर्ख मल्ल भावुक र मन निकै अमिलो बनाएर घर फर्किएका थिए । लक्ष्मी माबिमा मल्ल ३४ बर्षपछि पहिलो पटक अर्को दिन विद्यालय जान नपर्ने गरी बिदाई भएका थिए ।

शिक्षण जागिरको पाँच बर्ष बाँकी छँदै मल्लले राजीनामा दिएका थिए । मल्लले लक्ष्मी माबिमा शिक्षण सुरु गरी लक्ष्मीबाट अवकाश लिएका हुन् ।

तत्कालीन सिद्धनाथ बहुमुखी क्याम्पसमा स्नातक तह अध्ययन गर्दा उनले ३०४९ मा शिक्षक सेवा आयोग पास गरी प्राथमिक तहको शिक्षक भएका थिए ।

आयोग पास गरेपछि उनी २०४९ चैत ३० गते स्थायी नियुक्ति लिएर खैरभट्टीका शिक्षक भएका थिए ।

मल्ल व्यवस्थापन संकायका विद्यार्थी थिए । बुवाले सानैमा सदाका लागि छाडेर गएपछि आमाले हुर्काएका मल्लले पढाईसंगै केही काम गर्न सकिने सोचेर व्यवस्थापन बिषय पढेका थिए ।

मल्ल ८ बर्षको हुँदा उनका बुवा दान बहादुर मल्लको निधन भएको थियो । त्यसपछि आमा लक्ष्मीदेबी मल्लले उनलाई हुर्काउने र पढाउने जिम्मेवारी वहन गरेकी थिइन् । अहिले मल्लले आमा पनि गुमाइ सकेका छन् । आमाले २०५७ मा उनलाइृ सदाका लागि छाडेकी थिइन् ।

‘बुवाको निधनपछि मलाई आमाले नै धेरै दुख कष्ट गरी हुर्काउनु भयो, पढाउनु भयो,’ मल्लले भने, घ‘र परिवारको आर्थिक अवस्था त्यति धेरै राम्रो थिएन, कमर्श पढेर पढाईसंगै केही काम पनि गर्न सकिन्छ भनेर सोचेको थिए ।’

बझाङ्गको केदारस्यू गाउ पालिका ४ सुदाडामा २०२६ भदौ ३० गते जन्मिएका मल्ल प्रहरी निरीक्षक बन्न चाहन्थे । पढाईमा तीक्ष्ण उनी एसएलसी पछि बिज्ञान बिषय लिएर उच्च शिक्षा पढ्ने उनको धोको थियो ।

एसएलसीसम्म प्रथम स्थान हासिल गरी उत्तीर्ण उनी आमाको लागि आफ्ना सबै इच्छा थाती राख्दै शिक्षक भएका हुन् । प्रहरी भएपछि आमा एक्लै छाड्न पर्ने भएकाले उनी शिक्षणमा लागेका थिए । आमाका लागि उनले सदाका लागि प्रहरी हुने धोको छाडि दिए ।

बझाङ्गको शिक्षोदय माध्यमिक बिद्यालयबाट अक्षराम्भ सुरु गरेपछि एसएलसी पास हुनु अघि नै मल्ल तराई आएर कक्षा ७ पढेका थिए ।

सुनकुडा माबिबाट ६ कक्षा पास गरेपछि उनी झलारीस्थित कृष्ण माध्यमिक बिद्यालय आएका थिए । कक्षा प्रथम भएपछि उनी फेरि बझाङ फर्किएर सुनकोट माबिमा ८ कक्षा भर्ना भए ।

घर नजिक शिक्षोदयमा ५ पास भएपछि ६ कक्षामा सुनकुडा भर्ना भएका थिए । सुनकुडामा उनी डेरा गरी बसेका थिए । शिक्षोदय त्यति बेला ५ कक्षा सम्म थियो ।

६ कक्षा पास भएपछि मामा घर बसेर पढ्न तराई आएका थिए । उनका मामा हर्क बहादुर बम कृष्ण माबि झलारीमा शिक्षक थिए । बिरामी भएपछि फेरि बझाङ्ग फर्किएका थिए ।

सुनकुडाबाट एसएलसी पास गरी २०४६ को आन्दोलनको मुखमा उच्च शिक्षा अध्ययनका लागि महेन्द्रनगर आएर सिद्धनाथ बहुमुखी क्याम्पसमा आइकम भर्ना भएका थिए ।

आन्दोलन सुरु भएपछि उनी सहभागी भएका थिए । निरङ्कुश शासन फालेर बहुदल ल्याउनु पर्छ भनेर आन्दोलनमा सहभागी उनी बताउँछन् ।

आन्दोलनमा सहभागी हुँदै जाँदा उनी बैजनाथ माबिबाट गिरफतार भए । आन्दोलनका लागि विद्यार्थी ल्याउन गएको बेला उनी पक्राउ गरिएका थिए ।

सदरमुकाम मुकाम सहित सुडासम्म पुगेर विद्यार्थी ल्याउने गरिएको थियो । हरेक दिन सिद्धनाथ बहुमुखी क्याम्पसबाट विद्यार्थीको जुलुश निस्कन्थ्यो । बजार पुगेपछि प्रहरीले तितरबितर गरि दिन्थे ।

काँग्रेस र कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता आन्दोलनमा सहभागी हुन्थे । काँग्रेस नेता प्रेम बहादुर बिष्टलाई प्रहरीले थुनि सकेको थियो । एनपी साउँद काठमाडौमा समातिएका थिए ।

एमाले नेता इश्वरी प्रसाद खरेल, गजेन्द्र शाही लगायत आन्दोलनमा दैनिक सहभागी हुन्थे । आन्दोलन सफल नभएसम्म दैनिक आन्दोलन गरिएको सम्झना मल्ल गर्छन् ।

त्यति बेला महेन्द्रनगर बजारको कटान र जानकी टोलतिर त घर नै थिएन । कतै जङ्गल त कतै झाडी र खाली जग्गा थिए ।

राजनीतिबारे केही नबुझेका मल्ल एसएलसी अघिसम्म विद्यालयमा हाजिरी जवाफ र बक्तृत्वकला प्रतियोगितामा भाग लिने भएकाले आन्दोलनमा स्वःस्फूर्त सहभागी भए ।

आन्दोलनमा सहभागी भएपछि उनी राजनीतिमा होमिन पुगे । प्रवीणता प्रमाणपत्र तह दोस्रो बर्ष पढ्दा उनी नेपाल बिद्याथी संघबाट २०४७ मा स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) को सदस्य चुनव लडे । त्यसपछि २०४९ मा सचिव पदमा स्ववियु चुनाव लडेर विद्यार्थी राजनीति सक्रिय भइ सकेका थिए ।

स्ववियु सचिव लड्दा उनी बीकम पुगि सकेका थिए । क्याम्पसमा नेबि संघ इकाई अध्यक्ष भएपछि मल्ल २०५१ मा जिल्ला उपाध्यक्ष भएका थिए ।

dirghayi clinic

जिल्ला समन्वय समिति प्रमुख दुर्गा दत्त बोहरा अध्यक्ष थिए । अध्ययन र विद्यार्थी राजनीतिसङै मल्लले शिक्षक सेवा आयोग पास गरी नियुक्ति लिएका थिए ।

२९४९ मा बहिनीको मृत्यु भएपछि मल्ल परिवारमा अर्को शोक थपियो । भारतको अल ईन्डिया हस्पिटलमा उपचारको क्रममा बहिनीको मृत्यु भएको थियो ।

बहिनीले छाडेपछि मल्ल मात्रै आमाको लगि एकल सन्तान बचेका थिए । क्याम्पसमा छात्रबृत्तिमा पढेका उनलाई मामा र काका (सानिमा) को घर परिवारबाट सहयोग भएको थियो ।

लक्ष्मी मबिमा जागिर भएपछि २०५४ मा शान्ति चन्दसित बिहे उन अघि सम्म उनले भीमदत्त नगरपालिका ७ हल्दुखाल खैरेनी चोक नजिक जग्गा किनेर घर बनाई सकेका थिए ।

मल्ल पत्नी शान्ति पनि शिक्षक छन् । उनका दुई सन्तान छन् । लक्ष्मी माबिमा पहिलो नियुक्ति लिएर शिक्षण गर्न जादा बिद्यालय ५ कक्षासम्म थियो ।

टायल लगाएको भवनका कोठामा बिद्यार्थीलाई पढाईने गरिन्थ्यो । उनी बिद्यालयलाई पक्की भवन र माध्यमिक तह पठनपाठ्न बनाएर अवकाश भएका छन् ।

२०५४ देखि २०७८ सम्म प्रधानाध्यापक भएका उनले २०६३ मा माबि बनाएका थिए । उनी प्रधानाध्यापक हुदा ८ सम्म पुगेको थियो ।

शिक्षक दरबन्दी मिलानमा तहगत मिलानका कारण प्रधानाध्यापक को जिम्मेवारीबाट बाहिरिएका थिए ।

खेलकूद र शैक्षिक नतिजामा बिद्यालय राम्रो श्रेणीमा गणना हुने गरेको थियो । खेलकूदमा खोखो खेलमा बिद्यालयको एकछत्र राज थियो ।

मल्ल तत्कालीन माओवादीको कार्वाहीबाट भाग्यले जोगिएका भाग्यमानी मान्छन् ।

शिक्षणबाट बिदा लिएर उनी २०५५ देखि २०५७ सम्म बैतडीको दुर्गास्थानमा सिपेड प्रोजेक्टमा आवद्व पुगेका थिए ।

दुर्गास्थानस्थित केदारेश्वर माद्यामिक बिद्यालयको छात्रावासमा कार्यालय राखिएको थियो । मल्लको राजनीतिक पृष्ठभूमि काङ्ग्रेस भन्ने थाए पछि उनी निशानामा परेका थिए ।

माओवादीले उनलाई मार्ने योजना बनाएको उनले पछि थाह पाएका थिए । दुर्गास्थान कपर्त रौतगाउका माओवादी नेताले उनलाई त्यस अघि चेतावनी दिइ सकेका थिए ।

माओवादीले त्यति बेला काँग्रेस खोजी खोजी र एमाले छानी छानी सफाय गर्ने नीति लिएको थियो ।

माओवादी निशानामा परेपछि मल्लले दुर्गास्थान छाडेर शाहीलेक बस्न थाले । त्यसपछि काठमाण्डौ गएर बीएड पढ्न थाले । दुर्गास्थान नछाडेको भए आफू बच्ने सम्भावना नभएको मल्ल बताउँछन् ।

शिक्षणसङै उनी शिक्षक राजनीतिमा पनि सक्रिय भएका थिए । शिक्षक संघको सुदूरपश्चिम अध्यक्ष हुदै उनी वरिष्ठ उपाध्यक्षका लागि चुनाव लडे ।

शिक्षक संघको भीमदत्त नगर समितिबाट जिल्ला उपाध्यक्ष र अध्यक्ष हुँदै प्रदेश अध्यक्ष भएका थिए ।

नगर अध्यक्ष बाहेक अन्य सबैमा चुनाव लडेर भएका हुन । २०६२ मा उनी नगर अध्यक्ष भएका थिए । तीन बर्षपछि जिल्ला उपाध्यक्ष र २०७९ मा अध्यक्ष निर्वाचित भएका थिए ।

जिल्ला अध्यक्ष पछि उनी २०७५ मा शिक्षक संघको सुदूरपश्चिम प्रदेश अध्यक्ष भएका थिए ।

२०८० मा भएको २९ दिने शिक्षक आन्दोलनमा मल्लले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । उनी २०८० मा नेपाल शिक्षक महासङ्घको सचिव भएका थिए ।

शिक्षक आन्दोलन चर्किए पछि तत्कालीन शिक्षा मन्त्री बिद्या भट्टराईले राजीनामा दिएकी थिइन् । ‘शिक्षक हक अधिकार र शैक्षिक सुधारका लागि त्यो निकै ठूलो आन्दोलन थियो त्यो आन्दोलन सधै स्मरण हुन्छ’ उनले भने ।

राजनीतिमा सक्रिय भएर लाग्न शिक्षण पेशाबाट राजीनामा दिएका उनी काँग्रेसको १५ औ महाधिवेशन लड्ने तयारीमा छन् ।

उनी काङ्ग्रेस संस्थापनको महाधिवेशन लड्ने सोच बनाएर अघि बढेका छ्न । काँग्रेसमा अहिले संस्थापन र इतर समूहले १५ औ महाधिवेशन गर्ने तयारी थालेका छन् ।

‘अब पूर्ण रुपमा राजनीति गर्छु, राजनीति र समाज सेवामै बाँकी जीवन बिताउँछु’ उनले भने ।

Himal dental
सम्बन्धित
Loading...