ghar sansar

वडा अध्यक्ष सहित स्थानीयले भीमदत्तका शिक्षा शाखा प्रमुखसित राखे खल्ला मुसेट्टीका विद्यालयमा खोलिएको अस्थायी करार शिक्षक विज्ञापन रद्द गर्न माग

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ९ खल्ला र मुसेट्टीका दुई बिद्यालयको अस्थायी करार शिक्षक पदपूर्ति बदर गर्न माग गर्दै जन प्रतिनिधि सहित स्थानीयले शिक्षा शाखा प्रमुखलाई दबाब दिएका छन् ।

भीमदत्त नगरपालिका कार्यालय आएर उनीहरुले शिक्षा शाखा प्रमुख हरिदत्त जोशीलाई बिज्ञापन रद्द,व्यवस्थापन समिति गठन प्रक्रिया थालनी र बैजनाथ आधारभूत बिद्यालय पुनः पठनपाठन हुनु पर्ने माग राखेका छन् ।

भीमदत्त ९ का वडा अध्यक्ष गगन कार्की सहित शिक्षा शाखा प्रमुख जोशीलाई आफूहरुका मागबारे गम्भीर भइ दिन आग्रह गरे ।

भीमदत्तले दरबन्दी मिलानमा भीमदत्त स्मृति खल्लाका दुई र सरस्वती आधारभूत बिद्यालय मुसेट्टीबाट एक जना शिक्षक सरुवा गरेको थियो ।

शिक्षक सरुवापछि रिक्त दरबन्दीमा शिक्षक पठाउन छाडेर अस्थायी करारका लागि बिज्ञापन खोलिएपछि स्थानीय स्थायी शिक्षक नै भन्दै नगरपालिका पुगेका छन् ।

शिक्षा शाखा प्रमुख जोशीलाई उनीहरूले रिक्त दरबन्दीमा स्थायी चाहिने भन्दै अस्थायी करारको बिज्ञापन रद्द गर्न माग गरेका हुन् ।

भीमदत्त ९ का वडा अध्यक्ष कार्कीले खाली दरबन्दीमा स्थायी शिक्षक पठाई दिनु आग्रह गरे ।उनले आफूलाई शिक्षक सरुवा र नया नियुक्तिबारे कुनै जानकारी नभएको दुखेसो पोखे। ‘स्थायी दरबन्दीको पठाई दिनु पर्यो, वडा अध्यक्षलाई यसबारे जानकारी हुनु पर्ने हो’ उनले भने ।

आफू बिरामी भएर अस्पताल हुदा व्यवस्थापन समिति गठन सम्बन्धि समान्य कुरा भएको बताए ।

भीमदत्त नगरपालिका नगर कार्यपालिका सदस्य अन्जली बोहराले दुबै बिद्यालय व्यवस्थापन समितिको आफू अन्तरिम अध्यक्ष भएर रिक्त बिद्यालयमा अस्थायी करार शिक्षक पदपूर्तिका लागि बिज्ञापन खोल्ने निर्णय गरेको पाइएको छ ।

बोहरा भीमदत्त ९ की निर्वाचित वडा सदस्य हुन । दुबै बिद्यालयले बोहरा नेतृत्वको समितिले निर्णय गरेपछि बिज्ञापन खोलिएको बताएको स्थानीय बताउँछन् ।

भीमदत्त नगरपालिका ९ खल्लास्थित भीमदत्त स्मृति आधारभूत विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष रुप सिह पालीले स्थायी शिक्षक सरुवा भएपछि स्थायी पठाउनु पर्ने बताए ।

dirghayi clinic

‘नयाँ शिक्षक राख्दा एक महिना त्यसै लाग्छ, स्थायीको ठाउँमा स्थायी नै पठाई दिनु पर्छ, त्यो खोलिएको विज्ञापन रद्द हुनु पर्छ’ उनले भने ।

शिक्षक सरुवाले बालबालिकाको पठनपाठनमा बाधा पर्ने चिन्ता स्थानीयमा देखिएको पालीले बताए ।

‘कमजोर अवस्थामा वासिन्दा छौ, ब्रह्मदेब बोर्डिङ्गमा केटा केटी पठाउन सक्ने अवस्था छैन, शिक्षक नभएपछि बालबालिकाको भविष्य अन्धकार हुन्छ’ उनले भने ।

खल्लाका अर्का स्थानीय नारद सिह मडैले स्थायी शिक्षक सरुवा गरी करार नियुक्ति थाल्ने भीमदत्तको खेल बुझन नसकिएको बताए । ‘अहिलेसम्म यो खेल बुझ्न सकेका छैनौ, अस्थायी हामीलाई चाहिँदैन, यो सूचना रद्द हुनु पर्छ’ उनले भने ।

शिक्षा शाखा प्रमुख जोशी भेट्न आएका सबैले करार शिक्षक नचाहिने जानकारी दिए ।

स्थानीय उमेश सिह ठगुन्नाले कार्यकर्ता भर्ती गर्न करार विज्ञापन खोलिएको आशंका व्यक्त गरे । ‘कार्यकर्ता भर्ती गर्न खोजिएको होला, करार हामीलाई चाहिँदैन’ उनले भने ।

भमिदत्त ९ का वासिन्दा नेकपा नेता दिपेन्द्र ऐरीले सरुवा गरिएका स्थायी दरबन्दीमा स्थायी शिक्षक पूर्ति गरिनु पर्ने बताए ।

खल्ला मुसेट्टी भीमदत्त नगरपालिकाको दुर्गम क्षेत्र मान्ने गरिएको छ । खल्ला, टुँडीखेल र मुसेट्टी तीन बस्तीका लागि दुई विद्यालय छन् ।

गत बैशाखमा गरिएको दरबन्दी मिलानमा टुँडीखेलको बैजनाथ आधारभूत विद्यालय भीमदत्त स्मृति खल्लामा मर्ज गरिएको थियो ।

मुसेट्टीको सरस्वती आधारभूत विद्यालयको कक्षा ५ बाट ३ कक्षामा झारिएको थियो ।

अहिले खल्लामा भीमदत्त स्मृतिमा कक्षा ८ सम्म पढाई हुन्छ । ९ कक्षा पढ्न बालबालिकाले दुई घण्टा हिँडेर ब्रह्मदेब आउने गरेका छन् ।

भीमदत्त नगरपालिकाका शिक्षा शाखा प्रमुख जोशीले अर्को व्यवस्था नभएसम्मका लागि सरुवा गरिएका शिक्षकलाई काम गर्न निर्देशन भइ सकेको बताए ।

Himal dental
सम्बन्धित
Loading...