ghar sansar

काँग्रेस भीनपा १७ को वडा अधिवेशनका लागि सामाजिक सञ्जालमा राखिएको सूचनामा क्षेत्रीय सभापति चन्द र वडा सभापति बुडाबीच रोचक संवाद

khasi

महेन्द्रनगर । काँग्रेस कञ्चनपुर क्षेत्र नं. ३ का क्षेत्रीय सभापति केशब चन्द र भीनपा १७ का वडा सभापति पदम बुडाबीच सामाजिक सञ्जालमा रोचक संवाद भएको छ ।

काँग्रेस वडा सभापति बुडाले बिहीबार साँझ १५ औं महाधिवेशन अन्र्तगत असोज ३ गते तोकिएको वडा अधिवेशन सम्बन्धि सामाजिक सञ्जालबाट सूचना सार्वजनिक गरेका थिए ।

वडा सभापति बुडाले राखेको अधिवेशन सम्बन्धि पत्रमा क्षेत्रीय सभापति चन्दले कमेन्ट गरेपछि उनीहरुबीच सामाजिक सञ्जालमा सौहार्दपूर्ण र रोचक संवाद भएको छ ।

क्षेत्रीय सभापति चन्दले वडा अधिवेशनको मिति फरक परेको लेखेपछि बुडाले आफ्नो भनाई सहित जवाफ फर्काएका छन् ।

१५ गते हो मिति फरक परेछ सभापति क्षेत्रीय सभापति चन्दले कमेन्ट गर्दै भनेका छन् । त्यसपछि वडा सभापति बुडाले चन्दलाई ढोग र जय नेपालको अभिवादन गर्दै जवाफ फर्काएका छन् ।

‘दाजु जयनेपाल फरक परेको हैन, मेरो आदरणीय दाजु ३ गते नै हो हजुर बिर्सिनु भाको जस्तो छ । हजुरलाई नी स्मरण गराए । ३ गते आफ्नो वडामा सहभागी हुनु होला । जय नेपाल मेरो दाजुसंगै ढोग छ ’ बुडाले भनेका छन् ।

त्यसपछि क्षेत्रीय सभापति चन्दले आफू १५ गतेको अधिवेशनमा सहभागी हुने उल्लेख गर्दै आफू नैतिकतामा बस्ने धारणा राखेका छन् ।

dirghayi clinic

त्यसको जवाफमा बुडाले आफू काँग्रेसको चार तारे झण्डा र रुख चिन्ह भएतिर जाने उल्लेख गर्दै भनेका छन्, ‘दाजु आफू त जा चार तारे झण्डा र चुनाव चिन्ह रुख त्यही यो हजुरको प्यारो भाइ सकिन्छ हजुर नी त्यही गर्नु होला ।’

वडा सभापति बुडाले असोज ३ गते वडा अधिवेशनमा सहभागिताका लागि २०८२ पुसमा नविकरण गरेका, अद्यावधिक गरेका र नयाँ सदस्यता लिएका सबै क्रियाशिल सदस्यलाई अधिवेशनमा सहभागी हुन आग्रह गरेका छन् ।

भीनपा १७ को वडा अधिवेशन महाकाली बाल विद्यालय मझगाउँमा राखिएको छ ।

काँग्रेस संस्थापनले असोज ३ र संस्थापन इतर देउवा समूहले असोज १५ गते वडा अधिवेशन राखेको छ ।

क्षेत्रीय सभापति चन्द र वडा सभापति बुडा दुबैले आफ्नो समूहका अधिवेशनबारे कुराकानी भएको हो ।  अहिले चन्द देउवा समूह र वडा सभापति बुडा संस्थापनमा छन् ।

काँग्रेस विशेष महाधिवेशन अघि उनीहरु दुबै तत्कालिन संस्थापनमा थिए ।

त्यसभित्र पनि चन्द रमेश लेखक र बुडा एनपी साउँद साउँद समूह थिए । तत्कालिन संस्थापनभित्र कञ्चनपुरमा लेखक र साउँदका आ आफ्न समूह थिए ।

अहिले साउँद र लेखक दुबै देउवा समूहमा छन् । २०७९ को स्थानीय तह निर्वाचन लडेर बुडा भीनपा १७ को वडा अध्यक्ष निर्वाचित भएका थिए ।

काँग्रेसले वडा अधिवेशन गर्ने तयारी गरेपछि देउवा समूहका पार्टी सभापति पदम बोगटीको जिम्मेवारी खोसेर उप सभापति हरिशचन्द्र रानालाई कार्य वाहक दिइएको छ ।

Himal dental
सम्बन्धित
Loading...