ghar sansar

नबिन भट्टलाई फेरि महाकाली यातायातको नेतृत्व

khasi

महेन्द्रनगर । महाकाली यातायात बहुउद्देश्यीय कम्पनी प्रालिमा नविन भट्ट फेरि नेतृत्वमा पुगेका छन् । भट्ट सोमबार भएको अधिवेशनबाट पुनः नेतृत्वमा आएका हुन् ।

उनी यस अघि तत्कालिन महाकाली सेती यातायात बस व्यवसायीको अध्यक्षमा ९ वर्ष अघि अध्यक्ष भएका थिए ।
भट्ट सोमबार १ सय ७६ मत ल्याएर अध्यक्ष भएका छन् ।

भट्टले प्रतिद्वन्द्वी विष्णु कँडेललाई ५ मत अन्तरले पराजित गरी नेतृत्व लिएका छन् । भट्टले १ सय ७६ मत ल्याउँदा कँडेलले १ सय ७० मत ल्याए ।

भट्ट यस अघि २०८२ मा भएको तत्कालिन महाकाली सेती बस व्यवसायी समितिको अध्यक्षमा निवर्तमान अध्यक्ष डम्बर पन्तसित ११ मतले पराजित भएका थिए ।

dirghayi clinic

२०७१ मा उनी समितिको अध्यक्ष भएका थिए । २०७१ मा गोबिन्द सिह धामीलाई पराजित गरी भट्ट अध्यक्ष भएका थिए । समितिमा उनी २०६६ मा कोषाध्यक्ष निर्वाचित भएका थिए ।

सरकारले समितिलाई कम्पनीमा लैजाने नियम बनाएपछि समिति महाकाली यातायात बहुद्देश्यीय कम्पनीमा रुपान्तरण भएको हो ।

कम्पनीको पहिलो अध्यक्षमा निर्वाचित भएका छन् ।  सरल र हक्की स्वभावका भनेर भट्ट व्यवसायीमा परिचित छन् ।
महेन्द्रनगर बैतडी बस सेवा सञ्चालन गरी व्यवसायी गरेका उनका हाल चार गाडी छन् ।

सोमबार अध्यक्ष सहित १० जना सञ्चालकका लागि निर्वाचन भएको थियो ।

Himal dental
सम्बन्धित
Loading...