ghar sansar

महाकाली यातायातको निर्वाचनमा लगाइएका नाराको चौतर्फी आलोचना

khasi

महेन्द्रनगर । महाकाली यातायात बहुउद्देश्यीय कम्पनीको निर्वाचन परिणाम घोषणापछि लगाइएका क्षेत्रीयताको नारालाई लिएर चौतर्फी आलोचना भएको छ । राजनीतिक दल, व्यवसायी, पेशाकर्मी लगायतले आलोचना गरेका छन् ।

काँग्रेस नेता गोपाल गुरुङ्ग, महाकाली समितिका पूर्व अध्यक्ष बाबुराम शर्मा, शैक्षिक क्षेत्रका समरजङ्ग बहादुर चन्द लगायतले सामाजिक सञ्जालमा क्षेत्रीयताको पूर्वेली पश्चिमेली भन्दै लगाइएका नाराप्रति आपत्ति व्यक्त गरेका छन् ।

काँग्रेस नेता गुरुङ्गले सबै मिलेर बसेको समाजमा नारा लाग्न दुःखको कुरा भएको बताएका छन् । उनले यसलाई कुनै मुर्खले गरेको भनेर माफ गर्नु पर्ने बताएका छन् ।

dirghayi clinic

‘महेन्द्रनगर जस्तो नयाँ बसेको सबै जातजातिको बजारमा कुनै चुनावपछि पूर्वे जति वाइ वाइ नारा लाग्नु धेरै दुःखको कुरा हो’ उनले भनेका छन्, ‘कुनै मुर्खले गरेको भनि माफ गरौ ।’

महाकाली यातायात समितिका पूर्व अध्यक्ष बाबुराम शर्माले विजयी जुलुशमा लगाएका नाराले पीडा दिएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘मित्रहरु निर्वाचनमा निर्वाचित हुनु भएकोमा हृदयदेखि बधाई दिन चाहन्छु । तर हिजो बिजय जुलुसमा पूर्वेली बाइबाइ भन्ने नारा लागि रहँदा तपाईंको मन मस्तिष्कले के भन्छ के साँच्चै हामीले खोजेको र चाहेको यहि हो , हार्नेलाई सान्तवना दिन पर्ने ठाउँमा पीडा दिनु के यो मानवता हो ? अब कुन मुख देखाउन तपाइको सपथग्रहण कार्यक्रममा उपस्थिति हुँ । नैतिकताको प्रश्नले के भन्छ, मेरो ४० बर्षे यस क्षेत्रको समाज सेवा के यहि सुन्न र देख्नलाई रैछ सायद ।’

लिटिल स्टार पब्लिक स्कुलका संस्थापक शमरजङ्ग बहादुर चन्दले सामाजिक सञ्जालमा सोमबार राति लगाइएका नारालाई मुर्खतापूर्ण भन्दै खेद व्यक्त गरेका छन् ।

‘महेन्द्रनगरमा पुर्बेली समाजप्रती गरियेको व्यबहार प्रती खेद प्रकट गर्दछु। लोकतन्त्र सबैका लागि हो।बस ब्यसायी समितिको चुनाव पश्च्यात को नाराबाजीले समाजिक सद्भाव खलबलाउने गरि मुर्खतापुर्ण व्यवहार प्रस्तुत गर्ने कार्य गरेको छ । यो निन्दनीय छ । तेरो मेरो ,पुर्बपश्चिम,धनी गरिब जस्ता भेदभावपुर्ण कुराले कसैको भलो हुदैन ,गल्ती सच्याउदै क्षमा याचना सहित भुल सुधार गर्नु उत्तम उपाय हुनेछ।जय श्रीराम’ उनले भनेका छन् ।

Himal dental
सम्बन्धित
Loading...