ghar sansar

महाकाली यातायातको शपथ ग्रहणमा सहभागी भएन अध्यक्षका प्रत्यासी कँडेल, नव निर्वाचित अध्यक्ष भट्टले भने– दुःखी छु, खल्लो लागेको छ

khasi

महेन्द्रनगर । महाकाली यातायात बहुउद्देश्यीय कम्पनीको शपथ ग्रहण कार्यक्रममा अध्यक्षका प्रत्यासी बिष्णु कँडेल सहभागी भएन् ।

सोमबार राति अन्तिम मत परिणाम घोषणा पछि निर्वाचित अध्यक्ष नबिन भट्टका समर्थकले पूर्वे चाहिदैन भन्ने नारा लगाएका थिए । त्यही नाराका कारण कडेल कार्यक्रममा अनुपस्थित भएका हुन् ।

dirghayi clinic

कडेललेले सामाजिक संजालमा सोमबार रातिको नारालाई आफू दुखी भएको भन्दै लामो स्टेटस लेखेर असन्तुष्ति पोखेका छन् ।

नव निर्वाचित अध्यक्ष र संचालक सदस्यलाई प्रमाणपत्र र श्पथ खुवाइएको छ । त्यस अघि आसन ग्रहणमा कडेललाई बोलाइएको छ ।

प्रमुख निर्वाचन अधिकृत प्रकाश पाण्डेयले अध्यक्ष सहितलाई शपथ खुवाएका छन् ।

नव निर्वाचित अध्यक्ष भट्टले मन्तव्य राख्दै हिजो लगाएका नाराले आफू दुुःखी भएको र खल्लो लागेको बताए ।

Himal dental
सम्बन्धित
Loading...