

महेन्द्रनगर । कञ्चनपुर जिल्ला भलिबल संघको अध्यक्षमा श्यामसिंह मौनी पुनः सर्वसम्मत चयन भएका छन्। सोमबार महेन्द्रनगरमा सम्पन्न संघको छैटौँ जिल्ला अधिवेशनबाट मौनी अध्यक्षमा चयन भएका हुन् ।
अधिवेशनले उपाध्यक्षमा मान सिंह रावत र अञ्जु जोशी, सचिवमा उत्तम विष्ट तथा कोषाध्यक्षमा भरत बहादुर चन्दलाई चयन गरेको छ ।

त्यस्तै सदस्यहरूमा तेज बहादुर चन्द, गीता ओली, गंगादत्त अवस्थी, नवराज भट्ट, जानकी जोशी र सागरदेव विष्ट चयन भएका छन् ।
कार्यक्रमका विशिष्ट अतिथि नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष हरकसिंह धामीले जिल्लामा भलिबल खेलको विकास र विस्तारका लागि नयाँ कार्यसमितिले योजनाबद्ध रूपमा काम गर्नुपर्नेमा जोड दिए।
कार्यक्रमका प्रमुख अतिथि कञ्चनपुर खेलकुद समितिका अध्यक्ष ज्ञानेन्द्रबहादुर सिंहले जिल्लाभर भलिबल प्रतियोगिता सञ्चालन गर्दै खेलको प्रवद्र्धन र प्रतिभावान् खेलाडी उत्पादनमा जोड दिन नयाँ कार्यसमितिलाई आग्रह गरे ।
अधिवेशनका अवसरमा जिल्लामा भलिबल खेलको विकासमा योगदान पु¥याउँदै आएका प्रशिक्षकहरूलाई सम्मान गरिएको छ ।
