ghar sansar

प्रधानमन्त्री अमेरिका प्रस्थान

khasi

महेन्द्रनगर । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र(बालेन) शाह अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् ।

dirghayi clinic

प्रधानमन्त्री शाह मंगलबार साँझ कतार एयरवेजमार्फत त्यसतर्फ प्रस्थान गरेका हुन् । प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई यही असोज ८ गते (सेप्टेम्बर २४) मा सम्बोधन गर्नेछन् ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

उनको प्रतिनिधिमण्डलमा प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय शाक्यलगायत छन् ।

Himal dental
सम्बन्धित
Loading...