ghar sansar

क्षेत्रीय प्रतिनिधि भएर राजनीतिमा होमिए एन प्याब्सन केन्द्रीय उप महासचिव चन्द

khasi

महेन्द्रनगर । एन प्याब्सन केन्द्रिय उप महासचिव सत्येश बहादुर चन्द शिक्षण व्यवसायसंगै राजनीतिमा आएका छन् । काँग्रेस १५ औ महाधिवेशन अन्तर्गत भएको वडा अधिवेशनबाट चन्द राजनीतिमा अघि बढेका छन् ।

असोज ३ गते काङ्ग्रेसका वडा अधिवेशन भएका हुन । चन्द वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि चुनिएका छन् ।

पहिलो पटक सर्वसम्मत क्षेत्रीय प्रतिनिधि चुनिएका उनी भविष्यमा सक्रिय रुपमा राजनीति गर्ने चाहना भएको बताउँछन् ।

dirghayi clinic

काँग्रेस क्षेत्रीय प्रतिनिधिले पालिका, प्रदेश, प्रतिनिधि सभा सदस्य र महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवार हुन पाउने गरेका छन् ।

काँग्रेसमा वडा अधिवेशनवाट क्षेत्रीय प्रतिनिधि चुनिने गरेका छ्न । वडा अधिवेशनबाट वडा अधिवेशनबाट वडा समिति चयन हुने गर्छन् ।

कञचनपुरमा असोज ३ र ४ गतेको अधिवेशनबाट भएको अधिवेशनबाट ९२ वडा समिति र क्षेत्रीय प्रतिनिधि चुनिएका छन् ।

जनताको सेवाका लागि आफू राजनीतिमा लागेको चन्दले बताए । उनले पार्टी राजनीतिमा सक्रिय हुने र आगामी चुनाव लड्ने सोच भएको बताए ।

चन्द गडडाचौकीस्थित भुवनेश्वरी बिद्या मन्दिरका संचालक हुन । उनी प्याब्सन कन्चनपुरका अध्यक्ष पनि छन् ।

Himal dental
सम्बन्धित
Loading...