
महाकाली यातायातका नव निर्वाचित अध्यक्षलाई नै लाग्यो शपथ ग्रहण कार्यक्रम खल्लो, भने– हिजोको एकै शब्दले यस्तो भयो, निकै दुःखी छु, खल्लो लागि रहेछ

महेन्द्रनगर । महाकाली यातायात बहुउद्देश्यीय कम्पनी प्रालिका नव निर्वाचित अध्यक्ष नबिन भट्टले आफ्नो पहिलो मन्तव्यमा बिजयी जुलुसको एक शब्दले दुःखी र खल्लो बनाएको सुनाएका छन् ।
सोमबार कम्पनीको चुनाव भएपछि मंगलबार निर्वाचन समितिले प्रमाण पत्र बितरण तथा शपथ ग्रहण कार्यक्रम राखेको थियो । शपथ ग्रहण पछि मन्तव्य राख्दै उनले सौहार्दपूर्ण सम्पन्न निर्वाचन एक शब्दले खल्लो हुन पुगेको बताएका हुन् ।
‘एकदमै सौहार्दपूर्ण र उत्साह पूर्ण रुपमा चुनाव भयो, वकिल सापले एक महिनादेखि मिहिनेत गर्न भएको थियो, तर हिजोको एक शब्दले सबै अर्कै हुन गयो, म निकै दुःखी छु, मलाई पनि खल्लो लागि रहेको छ’ उनले भने ।
सोमबार राति अन्तिम मत परिणाम घोषणा पछि भट्टका समर्थकले बिजयी जुलुसमा पूर्वे जति बाई बाईको नारा लगाएका थिए ।
अध्यक्षका प्रत्यासी बिष्णु कडेलले राति नै बिजयी जुलुसमा लगाएका नाराले आफू दुखी भएको भन्दै सामाजिक संजालमा लामो धारणा सार्वजनिक गरेका थिए ।
कँडेलले चुनाव हार जित स्वभाविक भएको भन्दै अस्वभाविक रुपमा समाजले पचाउन नसकिने नारा लगाएको भन्दै नव निर्वाचित भट्टले जिम्मा लिनु पर्ने माग गरेका छन् ।

मंगलबार दिउसो ३ बजे कम्पनी कार्यालयको सभा कक्षमा शपथ ग्रहण कार्यक्रम राखिएको थियो ।
बिजयी जुलुसका नाराले निर्धारित समयमा कार्यक्रम सुरु हुन सकेन । अध्यक्षका प्रत्यासी कडेल अनुपस्थित भएका छ्न । नव निर्वाचित संचालक समिति सदस्य र केही व्यवसायी मात्रै सहभागी भए ।
समितिका पूर्व पदाधिकारी, अग्रज व्यवसायी सहभागी भएन । यस शपथ ग्रहण समारोह भव्य हुने गरेको थियो ।
नव निर्वाचित अध्यक्ष भट्टले सोमबार राती त्यस्तो परिस्थिति हुनु नहुने र त्यसका लागि आफू अध्यक्षको हैसियतले पूर्ण जिम्मेवार भएको बताए ।
यातायात व्यवसाय, व्यवसायी र यात्रु सबैलाई फाइदा र गुनासो नआउने गरी आफूले काम गर्ने भट्टले प्रतिवद्वता जनाए ।
भट्ट दोस्रो पटक अध्यक्ष भएका हुन । सरकारले यातायात समिति कम्पनीमा जाने निर्णय गरेपछि तत्कालीन महाकाली सेती यातायात समिति कम्पनीमा रुपान्तरण भएको थियो ।
भट्ट २०७१ मा तत्कालीन समितिको अध्यक्ष निर्वाचित भएका थिए । त्यसपछि भने उनी निवर्तमान अध्यक्ष डम्बर राज पन्तसित २०७४ र २०८१ पराजित भएका थिए ।
अहिले फेरि भट्ट अध्यक्ष भएका छ्न । उनी तीन बर्ष कम्पनी हाक्ने छन् ।
कार्यक्रममा निवर्तमान अध्यक्ष पन्त सहित निर्वाचन समितिका प्रमुख प्रकाश पाण्डेय लगायतले शुभ कामना राखे । पन्तले बिजयी जुलुसको नाराले आफूलाई शर्मिन्दा लागेकू उल्लेख गर्दै त्यो राम्रो न नभएको बताए ।
पन्तले २०७४ देखि समिति नेतृत्व गरेका थिए । उनी २०८१ मा फेरि समिति नेतृत्वमा निर्वाचित भएका थिए ।
