

महेन्द्रनगर । काँग्रेस भीमदत्त नगरको सभापतिमा सुशील भट्ट र पदम बुडाले सभापतिमा उम्मेदवारी दिएका छन् ।
नगर सभापतिका उम्मेदवार भट्ट र बुडा दुबै जनप्रतिधि हुन् । भट्ट भीनपा ४ र बुडा १७ बाट क्षेत्रीय प्रतिनिधि भएका हुन् ।

समितिको उप सभापतिमा रमेश भट्ट र धनेश्वरी बोगटी,बसचिव दिपक बिष्ट र सह सचिव प्रकाश कलौनी उम्मेदवार भएका छन् ।
उनीहरू सबै निर्विरोध भएका छन् । नगर समितिका अन्य सदस्यमा पनि एकल उम्मेदवार परेको छ ।
काँग्रेस केन्द्रीय सदस्य सन्तोसी साउँद ऐरीले अधिवेशन उद्घाटन गरेकी छन् ।
