
काँग्रेस भीमदत्त नगर अधिवेशन सम्बोधनमा पूर्व मन्त्री बहादुर थापाको नामै भन्न बिर्सिइन् केन्द्रीय सदस्य साउँद

महेन्द्रनगर । काँग्रेस १५ औं महाधिवेशन अन्र्तगत बुधबार काँग्रेस पार्टी कार्यालयमा सुरु भीमदत्त नगर अधिवेशनलाई केन्द्रीय सदस्य सन्तोसी साँउदले सम्बोधन गरेकी छन् ।
काँग्रेस विशेष महाधिवेशनपछि केन्द्रीय सदस्य भएकी साउँद दोधारा चाँदनीमा नगर अधिवेशन उद्घाटन गरी पार्टी कार्यालय आएकी थिइन् ।
काँग्रेस भीमदत्त नगर समिति अध्यक्ष सुशिल कुमार भट्टको अध्यक्षतामा गरिएको अधिवेशनमा साउँद प्रमुख अतिथि थिइन् । काँग्रेसका पूर्व मन्त्री तारणीदत्त चटौत विशिष्ठ अतिथि थिए ।
कार्यक्रममा काँग्रेसका पूर्व जिल्ला सभापति एबम् सुदूरपश्चिम सरकारका पूर्व मन्त्री बहादुर सिह थापा, काँग्रेस कञ्चनपुरका पूर्व सचिव दिवाकर पाण्डेय, जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहरा, नेताहरु शंकर बहादुर चन्द, प्रेम विष्ट लगायतका नेताहरु सहभागी भए ।
अतिथि दिर्घाको पहिलो लहरको पश्चिममा पूर्व कुनामा सचिव पाण्डेय र पूर्वतिर कुनामा विष्ट आशन ग्रहण गरी बसेका थिए । उनीहरुको बीचमा प्रमुख अतिथि साउँद सहितका नेताहरु बसेका थिए ।
उद्घाटन कार्यक्रममा पूर्व मन्त्री बहादुर सिंह थापा, विशिष्ठ अतिथि चटौतले शुभ कामना मन्तव्य राखेपछि प्रमुख अतिथि साउँदलाई रोष्ट्रममा आमन्त्रण गरिएको थियो ।
साउँदले मञ्च आशिन सबै अतिथिलाई सम्बोधन गरिन् । कार्यक्रमका विशिष्ठ अतिथि चटौतको प्रशंसा गरिन् । आफूले सानैदेखि चटौतको नाम सुनेको र अहिले प्रमुख र विशिष्ठ अतिथि भएर एकै मञ्चमा बस्न पाएको सुनाइन् ।

सम्बोधनमा क्रममा साउँदले पहिलो लहरमा आशिन चटौत सहित सबै नेताको नाम उच्चारण गरिन् । पूर्व कुनाका विष्टदेखि पश्चिम कुनाका पूर्व सचिव पाण्डेयसम्म सबैका नाम उच्चारण गरी सम्बोधन गरिन् ।
पहिलो लहरमा आशिन सुदूरपश्चिम सरकारका पूर्व मन्त्री थापाको नाम भने उच्चारण गर्न उनी बिर्सिइन् । चटौत अघि मन्तव्य राखेका थापा फेरि आशनमा बसेका थिए ।
केन्द्रीय सदस्य साउँदले सबैको नाम उच्चारण गरी सम्बोधन गर्दा थापाको नाम नआएपछि सहभागी नेता कार्यकर्ताले मुखामुख गरेको गरेका थिए ।
उद्घाटन समारोहका अतिथिका नाम उच्चारण गरेपछि उनी काँग्रेसको हिजोको इतिहास होइन, नयाँ इतिहास बनाउन आएका छौ भन्दै मन्तव्य सुरु गरेकी थिइन् ।
विशेष महाधिवेशन अघि केन्द्रीय सदस्य साउँद र थापा तत्कालिन काँग्रेस संस्थापनमा थिए । कञ्चनपुर काँग्रेसका दुई समूहमा थापा एनपी साउँद र साउँद लेखक समूहमा थिए ।
साउँदले विशेष महाधिवेशनमा सहभागी भएर केन्द्रीय सदस्य भएकी हुन् । थापा केही महिना अघि मात्रै एनपी साउँद छाडेर संस्थापन पुगेका हुन् ।
काँग्रेस १४ औं महाधिवेशनमा उनी पदम बोगटीसित सभापतिमा पराजित भएका थिए ।
एनपी समूहका बोगटी रमेश लेखक समूह आएर चुनाव लडेका थिए । अहिले बोगटी संस्थापन इतरको समूहमा लेखक र साउँदसंगै छन् ।
