

महेन्द्रनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न स्थानिय निर्वाचनमा मध्यनजर गरी दोधारा चाँदनी नगरपालिकामा सञ्चालन गरेको टोल कमिटी गठन स्थगित गरिएको छ् ।

अबिरल वर्षाको कारण दोधारा चाँदनी नगर क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरेको टोल कमिटि गठन कारण स्थगित गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोधारा चाँदनीका नगर सभापती पुरन कुमालले बताए ।
वर्षा रोकिए संग वडा–वडामा सञ्चालन गरिएको टोल कमिटी गठनलाई तिब्रताका साथ अघि बढाईने उनले बताए ।
दोधारा चाँदनी नगरपालिक क्षेत्रमा संगठन बिस्तारमा क्रियाशिल रहदै आउनुभएको रास्वपाका नगर सभापति कुमालले स्थानिय निर्वाचनमा आफ्नो पार्टीलाई अग्रस्थान आउने पक्का भएको बताए ।
