ghar sansar

निरन्तर झरीले काँग्रेस क्षेत्रीय अधिवेशन पनि स्थगित

khasi

महेन्द्रनगर । तीन दिनदेखि परेको झरी नरोकिएपछि काँग्रेसका क्षेत्रीय अधिवेशन स्थगित भएका छन् । काँग्रेस १५ औं महाधिवेशन अन्र्तगत शनिबार कञ्चनपुरका तीन ओटे निर्वाचन क्षेत्र र प्रदेश क्षेत्रका अधिवेशन गर्ने तयारी गरिएको थियो ।

निरन्तरको झरीले अधिवेशन गर्न असहज भएपछि तीन निर्वाचन क्षेत्र र ६ प्रदेश निर्वाचन क्षेत्रका अधिवेशन स्थगित गरिएका छन् ।

काँग्रेस नेता बिर्ख बहादुर मल्लले प्रतिकूल मौसमका कारण अधिवेशन स्थगित गरिएको बताए ।

‘मौसम प्रतिकूलताको कारणले आजका लागि स्थगित गरिएको छ, भोलि अधिवेशन गर्छौ’ नेता मल्लले भने ।

dirghayi clinic

मल्ल कञ्चनपुर ३ मा काँग्रेस महाधिवेशन प्रतिनिधिका उम्मेदवार छन् । शिक्षण सेवाबाट राजीनामा दिएर उनी राजनीतिमा सक्रिय भएका छन् ।

कञ्चनपुर ३ को निर्वाचन र प्रदेश क्षेत्रको अधिवेशन कञ्चनपुर उद्योग बाणिज्य संघमा राखिएको थियो । त्यसैगरी २ नम्बरको झलारी र १ को क्षेत्रीय अधिवेशन बेलौरीमा राखिएको थियो ।

कञ्चनपुर ३ को अधिवेशन आइतबार दिउँसो १ बजे हुने नेता मल्लले जानकारी दिए ।

असोज ३ गतेदेखि काँग्रेसको १५ औं महाधिवेशन सुरु भएको हो । असोज ३ गते वडा र ७ गते नगर अधिवेशन भएका छन् ।

क्षेत्रीय अधिवेशनका लागि वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । काँग्रेस क्षेत्रीय अधिवेशनमा क्षेत्रीय प्रतिनिधि र वडा सभापति सहभागी हुन पाउने छन् ।

Himal dental
सम्बन्धित
Loading...