

महेन्द्रनगर । तीन दिनदेखि लगातार झरी परेपछि दोधारा चाँदनी नगरपालिका उप मेयर गंगा जोशी जोखिम वस्तीमा पुगेकी छन् ।

महाकाली र जोगबुडा नदी किनारका बैदिफाँटा, निशानी टोल, शान्ति टोल, खड्का टोल, गिरी टोल र १८ नम्बर बस्तीमा पुगेर जोशीले अवस्थाबारे जानकारी लिएकी छन् ।
जोशीले अनुगमनका क्रममा हाल सम्म समान्य अवस्था रहेको र निरन्तरको झरीले समस्या पर्न सक्ने भन्दै नदी र खोला छेउछाउका वासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेकी छन् ।
