ghar sansar

काँग्रेस कञ्चनपुर ३ क प्रदेश सभापतिमा पदम बुडा र अशोक पाण्डेयले दिए उम्मेदवारी

khasi

महेन्द्रनगर । काँग्रेस कञ्चनपुर क्षेत्र नं. ३ क प्रदेश सभापतिका लागि अशोक पाण्डेय र पदम बुडा उम्मेदवार भएका छन् । काँग्रेस १५ औं महाधिवेशनमा आइतबार दुबैले प्रदेश सभापतिमा उम्मेदवारी दिएका हुन् ।

पाण्डेय भीनपा १० र बुडा भीनपा १७ बाट क्षेत्रीय प्रतिनिधि भएर आएका हुन् । काँग्रेस १७ का निवर्तमान वडा सभापति बुडा निर्वाचित वडा अध्यक्ष हुन् । उनी २०७९ को निर्वाचनमा वडा अध्यक्ष निर्वाचित भएका थिए ।

पाण्डेय र बुडाबीच यस अघि भीमदत्त नगर अधिवेशनमा चुनावी प्रतिस्पर्धीका रुपमा भेट हुने आँकलन गरिएको थियो ।

dirghayi clinic

उनीहरु दुबै जनाले नगर सभापतिमा आकाँक्षा राखेका थिए । बुडाले नगर सभापतिमा उम्मेदवारी दिएर छाडेका थिए । पाण्डेय प्रदेश सभापतिका लागि नगर सभापति उम्मेदवार हुन रोकिए ।

असोज ७ गते भीमदत्त नगर अधिवेशन भएको थियो । अधिवेशनबाट सुशिल भट्ट सभापति भएका छन् ।

अहिले क्षेत्रीय अधिवेशनमा पाण्डेय र बुडा फेरि प्रदेश सभापतिका लागि प्रतिस्पर्धी भएका छन् ।

निर्वाचन समितिका अनुसार प्रदेश सभापतिमा उनीहरु दुई जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिले उम्मेदवारको नामावली अझै सार्वजनिक गरेको छैन ।

Himal dental
सम्बन्धित
Loading...