ghar sansar

काँग्रेस कञ्चनपुर ३ को निर्वाचन तालिका हेरफेर, उम्मेदवारको नामावली प्रकाशन सोमबार विहान

khasi

महेन्द्रनगर । काँग्रेस कञ्चनपुर ३ को अधिवेशनमा निर्वाचन कार्य तालिका अनुसार उम्मेदवारको नामावली प्रकाशन लम्बिएको छ ।

निर्वाचन समितिले आइतबार साँझ ७ः४५ बजे उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गर्ने कार्य तालिका बनाएको थियो ।

कञ्चनपुर उद्योग बाणिज्य संघमा दिउँसादेखि सुरु भएको उम्मेदवारको मनोनयन दर्ता साँझ ५ः४५ बजेसम्म राखिएको थियो ।
निर्वाचन कार्य तालिका अनुसार सोमबार विहान ९ः३० बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने थियो ।
उम्मेदवारी दर्तापछि निर्वाचन समितिले सोमबार विहान मात्रै उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गर्ने जानकारी दिएको छ ।

dirghayi clinic

नेताहरुका अनुसार क्षेत्रीय सभापति, प्रदेशका सभापति, महाधिवेशन प्रतिनिधि र अन्य पदमा समेत एक भन्दा बढी उम्मेदवारी परेपछि सहमतिका लागि छलफल गर्न निर्वाचन कार्य तालिका हेरफेर गरिएको छ ।

सहमति नभए चुनावमा जान सक्ने अवस्था भएकाले सर्वसम्मतका लागि कार्यतालिका हेरफेर गरिएको छ ।

नेताहरु वडा र नगर अधिवेशनझैै क्षेत्रीय अधिवेशनलाई सर्वसम्मत बनाउन लागेका छन् ।

कञ्चनपुरका ९२ वडामध्ये कृष्णपुर नगरपालिका २ बाहेक अन्य सबैमा सर्वसम्मत वडा समिति र नगर समिति चयन भएको थियो ।

अधिवेशन उद्घाटन समारोहमा केन्द्रीय सदस्य सन्तोसी ऐरी, पूर्व तारणीदत्त चटौत, सुदूरपश्चिम सरकारका पूर्व मन्त्री बहादुर सिह थापा, अर्का पूर्व मन्त्री बेल बहादुर राना, काँग्रेस कञ्चनपुर ३ का क्षेत्रीय संयोजक पदमराज अवस्थीले सहमतिका क्षेत्रीय, प्रदेश, महाधिवेशन प्रतिनिधि चयन गर्न पर्नेमा जोड दिएका थिए ।

Himal dental
सम्बन्धित
Loading...