
काँग्रेस कञ्चनपुर ३ ख प्रदेश सभा सभापतिका लागि तीन जनाको उम्मेदवारी, केसी, अर्याल र बस्नेत छन् सभापतिका उम्मेदवार

महेन्द्रनगर । काँग्रेस कञ्चनपुर ३ ख प्रदेश सभापतिका लागि तीन जनाको उम्मेदवारी परेको छ । काँग्रेस भीमदत्त नगरपालिका १८ निवर्तमान वडा सभापति राजेन्द्र केसी सहित तीन वना उम्मेदवार भएका छन् ।
दोधारा चाँदनी तरुण दलका सभापति सन्दिप बस्नेत र पुरुषोत्तम अर्याल पनि प्रदेश सभापतिका उम्मेदवार छन् ।

प्रदेश सभापतिका उम्मेदवार केसी र अर्याल दुबै भीनपा १८ का क्षेत्रीय प्रतिनिधि हुन् । बस्नेत दोधारा चाँदनी १० बाट क्षेत्रीय प्रतिनिधि भएका हुन् ।
काँग्रेस क्षेत्रीय अधिवेशनमा स्वागत मन्तव्य राख्दै अर्यालले काँग्रेस पहिलो जस्तो हुन नपर्ने बताएका थिए ।
कञ्चनपुर उद्योग बाणिज्य संघको सभा कक्षमा प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्रको अधिवेशन जारी छ ।
कञ्चनपुर ३ का सात सय १७ प्रतिनिधि महाधिवेशनमा सहभागी छन् । काँग्रेस केन्द्रीय सदस्य सन्तोसी ऐरी साउँदले अधिवेशन उद्घाटन गरेकी छन् ।
