ghar sansar

काँग्रेसलाई यस्तो बनाउने संकल्प लिएर महाधिवेशन प्रतिनिधिका लागि चुनावी मैदानमा पुगिन् अहिल्यादेबी बोहरा

khasi

महेन्द्रनगर । काँग्रेसको १५ औ महाधिवेशनका लागि अहिल्यादेबी बोहरा महाधिवेशन प्रतिनिधिमा उम्मेदवार भएकी छन् । आइतबारदेखि सुरु कञ्चनपुर ३ को प्रतिनिधि सभा तथा प्रदेश सभा क्षेत्र निर्वाचनमा बोहराले महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवार भएकी छन् ।

काँग्रेसमा दुई दशकदेखि सक्रिय बोहरा यस अघि उनले क्षेत्रीय कार्य समिति सदस्य भए जिम्मेवारी निर्वाह गरेकी छन् ।
२०७९ मा क्षेत्रीय सदस्य भएकी थिइन् । त्यस अघि बोहराले महिला संघको वडा समितिमा थिइन् ।

 २०७४ मा उनी महिला संघको वडा समितिको सचिव भएकी थिइन् । अहिले १५ औं महाधिवेशनमा बोहरा महिला खुलाबाट महाधिवेशन प्रतिनिधिका उम्मेदवार भएकी हुन् ।

महिला खुलामा बोहरा सहित सात उम्मेदवार छन् । महिला खुला क्लस्टरबाट चार महाधिवेशन प्रतिनिधि चयन हुने भएका छन् ।

बोहरा राजनीतिसंगै व्यवसायमा पनि आवद्ध छन् । उनी कञ्चनपुर उद्योग बाणिज्य संघमा कार्य समिति सदस्य छन् ।
संघमा बोहराको दोस्रो कार्यकाल हो । यस अघि २०७३ मा उनी १५ औं कार्य समिति सदस्य भएकी थिइन् ।

१८ औं कार्य समितिमा फेरि सदस्य भएकी छन् । बोहरा निर्माण व्यवसाय क्षेत्रमा पनि छन् । निर्माण व्यवसायी संघ कञ्चनपुरमा उनी साधारण सदस्य छन् ।

काँग्रेस कञ्चनपुर ३ को क्षेत्रीय अधिवेशन कञ्चनपुर उद्योग बाणिज्य संघको सभा कक्षमा जारी छ । आइतबारदेखि अधिवेशन सुरु भएको छ ।

आफ्नै संघको सभा कक्षमा सुरु अधिवेशनको उद्घाटन सत्र सकिएपछि बोहराले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

dirghayi clinic

राजनीतिमा महिला सहभागिता अपेक्षित हुन नसकेको र महिला सहभागी नभएर निर्णायक तहमा पुग्न पर्ने बताउँछिन् ।

महाधिवेशन प्रतनिधि भएर बोहरा महिलालाई काँग्रेसको निर्णायक तहमा पुगाउन पहल गर्ने बताउँछिन् ।

‘राजनीति हेर्दा महिला सहभागिता आशा गरे अनुसार छैन, अब महिला सहभागिता मात्रै होइन, निर्णायक तहसम्म पुग्न पर्छ’ बोहरा भन्छिन् ।

काँग्रेसभित्र विभाजन भएर नभई एकजुट बनाएर बलियो बनाउन सधैं सक्रिय भएर लाग्ने बोहराले बताइन् ।

‘यो गुट उपगुटले पार्टी बलियो हुँदैन, एक ढिक्का बनाएर बलियो बनाउने कुरामा म सधैं लाग्छु’ उनले भनिन् ।

भीमदत्त नगरपालिका ४ बाट क्षेत्रीय प्रतिनिधि भएकी बोहराले सामाजिक सञ्जालबाट सहयोगका लागि आग्रह गरेका छन् ।

बोहरा व्यवसायिक परिवारका सदस्य हुन् । उनका श्रीमान महेश बोहरा पनि होटेल तथा यातायात व्यवसाय छ । बोहरा परिवार लामो समयदेखि पुस्तक व्यवसायमा सक्रिय छन् ।

बोहराले काँग्रेस राजनीतिसंगै व्यवसायिक र सामाजिक संघ संस्थामा आबद्ध भएर इमान्दारिता र निष्पक्षताका साथ सक्रिय भएको बताएकी छन् ।

काँग्रेस १६  औं  महाधिवेशनबाट उनी काँग्रेस २१ औं शताब्दीको आवश्यकता अनुसारको काँग्रेस बनाउने संकल्प लिएर उम्मेदवार भएकी छन् ।

‘विगत २० वर्षदेखि म नेपाली काँग्रेस, नेपाल महिला संघ, कञ्चनपुर उद्योग वाणिज्य संघलगायत विभिन्न राजनीतिक तथा सामाजिक संघसंस्थामा आबद्ध रही कर्मठता, इमान्दारिता, स्वच्छता र निष्पक्षताका साथ सक्रिय भूमिका निर्वाह गर्दै आएकी छु’ मतदातालाई अपील गर्दै उनले भनेकी छन्, ‘यही निरन्तरतालाई अघि बढाउँदै राष्ट्रियता, लोकतन्त्र र समाजवादको मूल्य–मान्यतामा अडिग रहँदै, नेपाली काङ्ग्रेसलाई २१औं शताब्दीको आवश्यकताअनुरूप रूपान्तरण गर्ने संकल्प लिएकी छु। गुट–उपगुटको अन्त्य, महिलालाई नेतृत्वदायी भूमिका र महिला सशक्तीकरणका मुद्दामा सशक्त आवाज उठाउने अठोटका साथ म नेपाली काँग्रेसको १५औं महाधिवेशन अन्तर्गत केन्द्रीय महाधिवेशन प्रतिनिधि पदका लागि कञ्चनपुर क्षेत्र नं. ३ (खुला तर्फ – महिला) बाट उम्मेदवार बनेको जानकारी गराउँदछु ।’

बोहरा परिवर्तन चर्का र ठूला भाषणले नभएर योजना र कार्यले आउने बताउँछिन् । ‘परिवर्तन ठूला भाषणले होइन, ठोस योजना र कार्यले आउँछ भन्ने मलाई पूर्ण विश्वास छ। तसर्थ, हजुरहरूको अमूल्य मत र समर्थनको हार्दिक अपेक्षा गर्दछु’ उनले भनेकी छन् ।

Himal dental
सम्बन्धित
Loading...