
काँग्रेस कञ्चनपुर ३ का उम्मेदवारका अन्तिम नामावली सार्वजनिक, केन्द्रीय सदस्य साउँद सहित महाधिवेशन प्रतिनिधि निर्विरोध ,अरु को को छन् महाधिवेशन प्रतिनिधिका उम्मेदवार

महेन्द्रनगर । कञ्चनपुर ३ मा सहमतिका लागि धकेलिएको काँग्रेसको निर्वाचन कार्यक्रममा साँझदेखि विराम लागेको छ । निर्वाचन समितिले सोमबार साँझ उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको हो ।
आइतबार अधिवेशन उद्घाटनपछि उम्मेदवारी दर्ता सुरु भएको हिजो साँझ उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गर्ने निर्वाचन कार्य तालिका थियो ।
नेताहरुले सहमतिका लागि छलफल थालेपछि सोमबार विहान प्रारम्भिक नामावली सार्वजनिक गर्ने भनिएको दिउँसोसम्म पुगेको थियो ।
पटक पटक निर्वाचन तालिका सर्दै सोमबार साँझ उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिएको छ । काँग्रेस महाधिवेशन प्रतिनिधिका ३३ जनामध्ये सबैभन्दा बढी खुलामा उम्मेदवार भएका छन् ।
कृष्ण बहादुर कुँबर, कृष्णराज भट्ट, खेमराज जोशी, गणेश खत्री, गोपाल सिह भण्डारी, जङ्ग बहादुर चन्द, तारादत्त अवस्थी, तारणीदत्त चटौत, दिपक बहादुर सिह र खुलाबाट महाधिवेशन प्रतिनिधिका उम्मेदवार छन् ।
खुलाबाट दुर्गादत्त बोहरा, नाफू सिह साउँद, नारायण दत्त जोशी, पदमराज पन्त, प्रकाश थापा, परमानन्द भट्ट कपाडी, बहादुर सिह थापा, बेल बहादुर राना, भोज बहादुर ठगुन्ना, मेखराज पण्डित, लोक बहादुर ठकुराठी र विष्णुदत्त जोशी उम्मेदवार भएका छन् ।
खुलाबाट १० जना महाधिवेन प्रतिनिधि चयन गरिनेछ । खुलामा किशोर विष्टले उम्मेदवारी फिर्ता लिएर प्रदेश प्रतिनिधि भएका छन् ।

महाधिवेशन प्रतिनिधिको महिला खुलाका ४ जनाका लागि ६ जना उम्मेदवार छन् । उनीहरुमा अहिल्यादेबी बोहरा, खगेश्वरी बोगटी, माया भट्ट, मिना भण्डारी, राधिका थापा र सीमा बोहरा उम्मेदवार छन् । सरस्वती दाहालले उम्मेदवारी फिर्ता लिएपछि ६ जना उम्मेदवार भएका छन् ।
श्रमिक क्लस्टरमा बिर्ख बहादुर मल्ल र सिद्धराज बोहरा उम्मेदवार छन् । युवा खुलामा दुई जनाका लागि अमृत कार्की सहित गोकर्ण महरा, गोबिन्द भट्ट र लोचन कार्की उम्मेदवार छन् ।
प्रेम बहादुर विष्ट र लक्ष्मीदत्त बोहरा प्रजातन्त्र सेनानी क्लस्टरमा उम्मेदवार छन् ।
खस आर्य खुलाका ४ जनाका लागि १० उम्मेदवार छन् । कृष्ण प्रसाद पाठक, दिनेश प्रसाद भट्ट, दिल बहादुर सिंह, माधव सिंह साउँद, यज्ञराज चटौत, रामकृष्ण जोशी, शंकर प्रसाद उपाध्यय, शंकर बहादुर चन्द, समर जङ्ग बहादुर चन्द र हरिदत्त पाण्डेय उम्मेदवार भएका छन् ।
खस आर्यको महिलामा काँग्रेस केन्द्रीय सदस्य सन्तोसी साउँद, गंगा विष्ट र मन्जु गिरी निर्विरोध महाधिवेशन प्रतिनिधि भएका छन् । थारुबाट भारती देबी चौधरी पनि निर्विरोध भएकी छन् ।
दलित समानुपातिकबाट हिरा कुमारी सार्की र पदम सुनार निर्विरोध महाधिवेशन भएका छन् । दलित खुलामा हरिहर परियार निर्विरोध भएका छन् ।
काँग्रेस कञ्चनपुरका पूर्व सचिव दिवाकर पाण्डेय अपाङ्गता, गजेन्द्र रावल पेशागत र महिला युवाबाट कमलादेबी उपाध्यय निर्विरोध महाधिवेशन प्रतिनिधि भएकी छन् ।
कञ्चनपुर ३ बाट ३३ जना महाधिवेशन प्रतिनिधि चयन हुने भएका छन् ।
