

महेन्द्रनगर । काँग्रेस कञ्चनपुर ३ को क्षेत्रीय सभापतिका लागि पदम राज अवस्थी चुनावी प्रतिस्पर्धामा होमिएका छन् । काँग्रेस १५ औ महाधिवेशनमा उनी सभापति बनेर नेतृत्व गर्ने चाहना बोकेर उम्मेदवार भएका छन् ।
काँग्रेस १४ औ महाधिवेशन उनी प्रदेश सभापति भएका थिए । उनी पदेश क को सभापति भएका थिए ।
काङ्ग्रेस बिशेष महाधिवेशन पछि उनी गगन थापा नेतृत्वको काँग्रेस संस्थापन पुगेका छ्न । त्यस अघि उनी पूरानो संस्थापन निकट थिए ।
अवस्थी १३ औ महाधिवेशनमा भीमदत्तको नगर सभापति निर्वाचित भएका थिए ।

१५ औ महाधिवेशनम उनी भीमदत्त ५ बाट क्षेत्रीय प्रतिनिधि भएका हुन् । अवस्थी भीमदत्त नगरपालिका ५ का वडा अध्यक्ष हुन । उनी २०७९ को स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष निर्वाचित भएका थिए ।
वडा अध्यक्ष अवस्थी अहिले भीमदत्त नगरपालिकाको नगर प्रवक्ता छन् । काँग्रेस विशेष महाधिवेशन पछि अवस्थी क्षेत्रीय संयोजक भएका थिए ।
कञ्चनपुर ३ मा क्रीयाशिल सदस्यता अद्यावधिक संयोजक भएपछो उनी क्षेत्रीय संयोजक भएका थिए ।
काँग्रेसले १४ औ महाधिवेशनबाट निर्वाचित क्षेत्रीय सभापति केशब चन्दलाई अद्यावधिक जिम्मेवारी दिइएको थियो ।
चन्दले अद्यावधिक जिम्मा अस्वीकार गरेपछि अवस्थीलाई जिम्मेवारी दिइएको थियो ।
काँग्रेस क्षेत्रीय सभापतिमा प्रदेश उप सभापति पदेन हुने गर्छन् ।
काँग्रेस क्षेत्रीय सभापति भएर कञ्चनपुर ३ मा काँग्रेस बलियो बनाउने उनी बताउँछन् । पार्टी विधि र विधानलाई टेकेर काँग्रेस बलियो बनाउने उनी बताउँछन्ु ।
