ghar sansar

चुनावी मैदानमा चटौत, कस्तो काँग्रेस बनाउन चाहन्छन् कञ्चनपुर ३ काँग्रेस

khasi

महेन्द्रनगर । काँग्रेस कञ्चनपुर ३ को क्षेत्रीय सभापतिका लागि क मल राज चटौत चुनावी मैदानमा होमिएका छन् । काँग्रेस १५ औ महाधिवेशनबाट चटौत क्षेत्रीय सभापति बनेर नेतृत्वका लागि चुनावी दौडमा छन् ।

भीमदत्त ६ बाट क्षेत्रीय प्रतिनिधि भएका उनी काङ्ग्रेसलाई बलियो बनाउने लक्ष्य लिएर चुनावी मैदानमा होमिएको बताउँछन् ।

‘काँग्रेस बलियो बनाउने मेरो लक्ष्य हो, काँग्रेसभित्र गुट उप गुट केही हुनु हुँदैन, यो काँग्रेस मात्रै बनाउने हो’ उनले भने ।

चटौत १२ औ महाधिवेशनबाट उनी महाधिवेशनमा सहभागी भएका छन् । १२ औ महाधिवेशनमा उनी वडा कोषाध्यक्ष भएर सहभागी भएका थिए ।

१४ औ महाधिवेशनसम्म उनी नगर सचिव हुँदै कञ्चनपुर ३ को प्रदेश सचिव भएका थिए । १३ औ महाधिवेशनबाट उनी भीमदत्त नगर सचिव निर्वाचित भएका थिए ।

dirghayi clinic

१४ औ महाधिवेशन पुग्दा चटौत प्रदेश सचिव निर्वाचित भएका थिए । प्रदेश सचिव पछि अहिले उनी सभापति उम्मेदवार भएर नेतृत्वका लागि अघि बढेका छन् ।

काँग्रेस विशेष महाधिवेशनपछि उनले प्रदेश क मा अद्यावधिक संयोजक भूमिका पाएका थिए । काँग्रेस क्रियाशिल सदस्यता अद्यावधिकका लागि उनी प्रदेशका सबै वडामा पुगेका थिए ।

‘मैले पार्टीमा जे जिम्मेवारी पाए, त्योलाई इमानदारी पूर्वक गरेको छु, अब कञ्चनपुर ३ मा पनि पार्टीलाई बलियो बनाउन चाहन्छु’ उनले भने ।

चटौत पारिवारिक रुपमा काँग्रेस राजनीतिमा आएका हुन । विद्यार्थी राजनीति हुँदै उनी पार्टीमा सक्रिय भएका हुन् । सिद्धनाथ बहुमुखी क्याम्पसमा उनले नेपाल विद्यार्थी संघको राजनीति गरेका थिए ।

उनी राजनीतिज्ञ तथा साहित्यकार एनडी प्रकाश चटौतका नाति हुन् । चटौत परिवारका अन्य सदस्य पनि काङ्ग्रेस राजनीतिमा छन् ।

चटौतले स्थानीय तह निर्वाचन लड्न चाहेका थिए । भीमदत्त ६ मा २०७४ मा पहिलो पटक वडा अध्यक्षका दाबेदार भए । त्यसपछि २०७९ र २०८० को उप निर्वाचनमा उनी आकाँक्षी भए ।

काँग्रेस विशेष महाधिवेशन पछि युवा नेतृत्वमा पुगेकोले पार्टीभित्र पुस्तान्तरणको मुद्दा बलियो गरी उठेको चटौत बताउँछन् । उनी पार्टी भित्र युवालाई प्रोत्साहन गर्ने र समावेशी सिद्धान्त अनुसार पार्टी संचालनका लागि लाग्ने बताउँछन् ।

Himal dental
सम्बन्धित
Loading...