ghar sansar

काँग्रेस संस्थापन इतर समूहले निर्वाचन आयोगलाई बुझायो १५ औं महाधिवेशन कार्यतालिका, बिहीबार देशभरका सबै वडामा हुँदैछ वडा अधिवेशन

khasi

महेन्द्रनगर । काँग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित समितिले निर्वाचन आयोगले १५ औं महाधिवेशन सम्बन्धि जानकारी गराएको छ ।

काँग्रेसले मंसिर तेस्रो साता महाधिवेशन गर्न लागेको जानकारी सहित बुधबार महाधिवेशन अन्र्तगत निर्वाचन तालिका सहितका जानकारी आयोगमा बुझाएको छ ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तलाई सम्बोधन गरी काँग्रेसले जानकारी तथा अभिलेखीकरण सम्बन्धि पत्र आयोग बुझाएको छ ।

काँग्रेस १४ औं महाधिवेशनबाट शेर बहादुर देउवा सभापति निर्वाचित भएका थिए ।

dirghayi clinic

देउवाले आयोगमा पत्र पठाएर १५औँ महाधिवेशन सम्पन्न गर्ने निर्णय एवम् सोसँग सम्बन्धित कानुनी र प्रक्रियागत विवरण आयोगमा पठाएका छन् ।

पत्रमा साउन ४ गते सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति दिएपछि मुद्दा विचाराधिन रहेको स्मरण गराईएको छ ।
‘हाल उक्त विषय सम्माननीत सर्वोच्च अदालतमा विचाराधीन (क्गद–वगमष्अभ) अवस्थामा रहेको र पुनरावलोकनको अङ्ग पुगी सुनुवाइको पर्खाइमा रहेको व्यहोरा अवगतै छ’ पत्रमा भनिएको छ, ‘नेपाली कांग्रेस पार्टीसंग सम्बन्धित निर्वाचन आयोगको मिति २०८२÷१०÷०२ गतेको निर्णय उपर सम्मानीय सर्वोच्च अदालतमा मुद्दा दायर भई (संयुक्त इजलासको मिति २०८३÷०१÷०४ को फैसला लगायतका आदेशहरू पश्चात्) सो फैसला उपर पुनरावलोकन पाउँ भनी सभापति श्री शेरबहादुर देउवा र कार्यवाहक सभापति श्री पुर्णबहादुर खडकाले पेस गर्नु भएको निवेदनमा सम्मानीत सर्वोच्च अदालतको मिति २०८३÷०४÷२१ गतेको आदेशले पुनरावलोकनको अनुमति’ प्राप्त भइसकेको छ। हाल उक्त विषय सम्माननीत सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको र पुनरावलोकनको अङ्ग पुगी सुनुवाइको पर्खाइमा रहेको व्यहोरा अवगतै छ।’

काँग्रेसले विधान अनुसार १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको ५ वर्षको कार्यकाल २०८३ मंसिर मसान्तमा सकिने भएकाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) अनुसार १५ औं केन्द्रीय महाधिवेशन २०८३ मङ्सिर २१, २२ र २३ गते काठमाडौमा गर्ने निर्णय गरिएको जानकारी दिईएको छ ।

काँग्रेसले आयोगलाई महाधिवेशनको निर्वाचन तालिका समेत जानकारी गराएको छ । आयोगलाई दिइएको जानकारी अनुसार असोज १५ गते वडा अधिवेशन राखिएका छ ।

असोज २० गते पालिका, २३ गते क्षेत्रीय, कार्तिक १५ गते जिल्ला, मंसिर ४ गते प्रदेश र मङ्सिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्न लागिएको छ ।

काँग्रेसले १५ औं महाधिवेशनवाटवाट निर्वाचित हुने केन्द्रीय कार्यसमिति र पदाधित्रकारीको नामावली समेत जानकारी गराइने आयोगलाई अनुरोध गरेको छ ।

Himal dental
सम्बन्धित
Loading...