ghar sansar

महाकाली सिँचाई जल उपभोक्ता संघ केन्द्रीय समितिमा महासचिव सहित तीन पदाधिकारी निर्विरोध, अध्यक्ष र उपाध्यक्षका लागि शनिबार निर्वाचन

khasi

महेन्द्रनगर । महाकाली सिँचाई जल उपभोक्ता संघ केन्द्रीय समितिको महासचिव सहित तीन पदाधिकारी निर्विरोध भएका छन् ।

समितिको महासचिव अशोक साउँद, सचिव गोपाल कुँबर र कोषाध्यक्ष दिलिप बुढाऐर निर्विरोध भएका छन् ।

अध्यक्ष सहित बाँकी पदाधिकारी र सदस्यका लागि शनिबार निर्वाचन हुँदैछ । ती पदमा पनि सहमतिको प्रयास गरिएको थियो ।

dirghayi clinic

अध्यक्षमा भीम बहादुर थापा र गंगादत्त भट्ट उम्मेदवार भएका छन् ।

थापा समितिका वर्तमान अध्यक्ष ह्ुन् । भट्ट जल जल उपभोक्ता संघ प्रथम चरणका अध्यक्ष हुन् ।

समितिको उपाध्यक्षका लागि दिलिप कुँवर र यज्ञराज भट्ट उम्मेदवार छन् । समिति आवद्ध विभिन्न ब्लकबाट आएका एक सय ३४ मतदाता छन् ।

अध्यक्षका दुबै उम्मेदवार आ आफ्ना एजेण्डा लिएर मतदातासम्म पुगेका छन् ।

Himal dental
सम्बन्धित
Loading...