ghar sansar

महेन्द्रनगर माविका विद्यार्थीका लागि स्वस्थ बानी सम्बन्धि अभिमुखीकरण

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका वडा नं. १८ कटानस्थित महेन्द्रनगर माध्यमिक विद्यालयमा विद्यार्थीहरूका लागि स्वस्थ बानी सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

नेपाल सरकारको सोह्रौँ योजनाले अघि सारेको “सुशासन, सामाजिक न्याय र समृद्धि” को लक्ष्यलाई स्थानीयस्तरबाट सहयोग पु¥याउने उद्देश्यले कञ्चनपुरमा स्वास्थ्य, सरसफाइ तथा स्वच्छता (ध्ब्क्ज्) सम्बन्धी विभिन्न गतिविधिहरू सञ्चालन हुँदै आएका छन् ।

dirghayi clinic

जर्मन नेपाल हेल्थ एसोसिएसनको आर्थिक तथा प्राविधिक सहयोगमा पेसवानद्वारा भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका विभिन्न विद्यालय तथा समुदायमा स्वास्थ्य, सरसफाइ तथा स्वच्छतासम्बन्धी कार्यक्रम सञ्चालन भइरहेको छ ।

कार्यक्रमअन्तर्गत विद्यालयमा सुरक्षित खानेपानी, व्यक्तिगत तथा वातावरणीय सरसफाइ, सुरक्षित शौचालयको प्रयोग, महिनावारी स्वच्छता तथा प्याड व्यवस्थापन, फोहोरमैला व्यवस्थापन र स्वस्थ व्यवहार प्रवद्र्धन जस्ता विषयलाई प्राथमिकताका साथ अघि बढाइएको छ ।

आज महेन्द्र माध्यमिक विद्यालयमा सञ्चालन गरिएको अभिमुखीकरण कार्यक्रममा मुख्य उद्देश्य विद्यार्थीहरूलाई विशेषगरी सुरक्षित पिउने पानी, व्यक्तिगत तथा वातावरणीय सरसफाइ, महिनावारी स्वच्छता तथा प्याड व्यवस्थापन, फोहोरमैला व्यवस्थापन र प्राथमिक उपचार सम्बन्धी जानकारी तथा व्यवहारिक ज्ञान प्रदान गरि विद्यार्थीहरूमा स्वास्थ्य तथा सरसफाइसम्बन्धी सकारात्मक व्यवहारको विकास गर्नु, सुरक्षित तथा स्वस्थ वातावरण निर्माणमा उनीहरूको भूमिका बढाउनु र विद्यालयमा स्वस्थ बानीलाई व्यवहारमा उतार्नु रहेको थियो। साथै, स्वस्थ बानीले विद्यार्थीहरूको स्वास्थ्य, विद्यालयमा नियमित उपस्थिति तथा सिकाइमैत्री वातावरण निर्माणमा प्रत्यक्ष योगदान पु¥याउने विषयमा समेत जोड दिइएको थियो ।

विद्यालय तहबाटै स्वस्थ व्यवहारको विकास तथा प्रवद्र्धन गर्दै विद्यार्थी, विद्यालय र समुदायको सक्रिय सहभागितामार्फत स्थानीयस्तरबाटै राष्ट्रिय स्वास्थ्य, सरसफाइ तथा स्वच्छता सम्बन्धी लक्ष्य प्राप्तिमा योगदान पु¥याउने कार्यक्रमको प्रमुख उद्देश्य रहेको छ।

Himal dental
सम्बन्धित
Loading...