ghar sansar

काँग्रेस भीमदत्त नगर अधिवेशन उद्घाटन गर्दै पूर्व मन्त्री साउँदले भने – विधान विपरित जबरजस्ती विशेष महाधिवेशन गरी अघि बढ्छौ भनेपछि स्वीकार गर्न सक्ने कुरा भएन

khasi

महेन्द्रनगर । काँग्रेस नेता एनपी साउँदले पार्टी विधान विपरित महाधिवेशन नगरी जबरजस्ती विशेष महाधिवेशन गरिएपछि आफूहरुले स्वीकार गर्न सकिने अवस्था नभएको बताएका छन् ।

काँग्रेस संस्थापन इतरको १५ आंै भीमदत्त नगर अधिवेशन उद्घाटन गर्दै उनले पार्टीका विधि र विधान मिचेर विशेष अधिवेशन गरी अघि बढेपछि स्वीकार गर्न नसकिने अवस्था आएको बताएका हुन् ।

‘चुनाव फगुनमा भए बैशाखमा महाधिवेशन गरौ, त्यो बेला अलि चुनाव सर्ने जस्तो कुरा पनि थियो, त्यसो भए फागुनमै गरौ भन्ने कुरा राख्यौ’ उनले भने, ‘केही साथीले जबरजस्ती गर्न भयो,जिद्दीगर्नु भयो आधा मान्छे लगेर जसको भेरिफिकेसन अहिले पनि हुन सकेको छैन, उनीहरु लगेर महाधिवेशन गर्न भयो, महाधविेशन गरी यो नै काँग्रेस हो भन्नु भयो, शेर बहादुर देउवा पार्टीको अध्यक्ष हुनु हुन्छ, वहाँले अध्यक्षता गर्नु भएको छैन, हामी पनि १ सय ७५ जति केन्द्रीय सदस्य थियौ हामी पनि त्यसमा सहभागी भएनौ, त्यसपछि केही सीमित मान्छे मात्रै सहभागी थिए, वहाँहरुले यो दर्ता गरी अघि बढुन सक्ने कुरा गरेपछि हामीले स्वीकार गर्न सक्ने कुरा भएन ।’

काँग्रेस निवर्तमान केन्द्रीय सदस्य साउँदले विधान अनुसार महाधिवेशन गरी नेतृत्व हस्तान्तरण गर्न पटक पटक आग्रह गरिएको उल्लेख गरे ।

‘हामीले विधान अनुसार हुनु परो भन्यौ, केन्द्रीय समिति बैठक राखौ, समय तोकौ, स्थान तोकौ, त्यसपछि नेतृत्व हस्तान्तण हुन्छ भनेर भन्यौ’ उनले भने, ‘चुनावबाट यही आउँछ त भन्ने छैन, चुनाव त जहाँ पनि हुन्छ, यही जित्न भन्ने हुँदैन, हामीले भन्दा पनि वहाँहरुले मान्नु भएन ।’

dirghayi clinic

आफूहरुको आग्रह अस्वीकार गर्दै उनीहरुले जेन जी आन्दोलनका कारण पुराना नेताको छवि खराब भएको कुरा गरेको साउँदले सुनाए ।

उनले जेन जी आन्दोलनमा आक्रमण गरिएका आधारमा लोकप्रियताको मापन हुन नहुने र त्यस बेला आक्रमण गरिएका सबै मान्छे लोकप्रिय नभएको भन्न नसकिने उल्लेख गरे ।

‘त्यसपछि चुनाव भयो, वहाँहरुले के भन्नु भयो भने जेनजी आन्दोलनका कारण पुराना नेताको छबि खराब भो, अब नयाँ नेतृव आउनु पर्छ भन्नु भयो, छवि खराब भयो भने पनि जस जसको घरमा आक्रमण भयो, ती सबैको छवि खराब भयो भन्नु सक्नु परयो नि शेर बहादुर देउवाजीको घरमा पनि आक्रमण भो, बिति सकेका गणेशमानजीको घरमा आक्रमण भो, किसनजीको आश्रम भो, विपी कोइराला जन्मको विराटनगरको घरमा आक्रमण भो, गगन थापाजी को घरमा आक्रमण भो, विश्वप्रकाश जी को घरमा आक्रमण भो, धरै साथीहरु यहाँ भएका पनि मैले दे िरहेको छु पदमजीको घरमा मधुजीको घरमा त्यसपछि हाम्रो पाल जी निरुजीको घरमा, त्यसपछि राजेन्द्र जीको घरमा रमेशजीको घरमा निलमजीको घरमा सबै ठाउँमा आक्रमण भएको छ, ’ उनले भने, ‘आक्रमण भएका सबै मान्छे अनपपुलर हुन त ? अन पपुलर हुन भने घरमा बसि राखेका शेर बहादुर दाईमाथि भौतिक आक्रमण भयो, जो मान्छे फुत्किए। हिँडे ज्यान बचाउन सके, यो आक्रमण चाहिँ लोकप्रियताको पैमाना हुन सक्दैन ।’

आक्रमण कारण लोकप्रिया मापन गर्न नसकिने नभएको भन्दै उनले पार्टीलाई एक ढिक्का बनाएर जानु पर्ने र महाधिवेशनबाट नीतिगत बदलाव खोजिनु पर्ने आग्रह मान्न अस्वीकार गरिएको बताए ।

‘त्यस कारण तपाईहरु पार्टीलाई एक रहन दिनु होस, पार्टीलाई एकै बनाएर परिस्थितिको सामना गरौ, नीतिगत रुपमा परिवर्तन गर्ने हो बदलाव गर्ने हो, महाधिवेशनबाट नीति बदलाव ल्याउँछौ भन्यौ, वहाँहरुले मान्नु भएन’ उनले भने ।

पार्टी विधान अनुसार महाधिवेशन गर्ने नमानेर विशेष महाधिवेशन भएपछि पार्टी विवाद अदालत पुगेको र अहिले आफूहरुलाई पुनरावलोकन निस्सा दिइएको बताए ।

‘त्यसपछि अन्तिममा यो कुरा अदालत पुग्यो, अदालतको प्रक्रिया हुँदा हुँदै अहिले हामीलाई पुनरावलोकन दिइएको छ, अधिवेशन गरी झगडा गरी चुनाव नलडौ भनेका हौ हामी पनि पाँच सात पटक चुनाव लडि सकेका छौ’ उनले भने, ‘चुनावमा हारेकालाई सम्झाउन नै गाह्रो हुन्छ, समस्या हुन्छ, भनेका हौ ।’

Himal dental
सम्बन्धित
Loading...