ghar sansar

कांग्रेसका संस्थापन र इतर पक्ष : पुरानै गुटगत राजनीतिको घेरामा

khasi

–प्रभु निधि पन्त

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन काठमाण्डौसकिँदै गर्दा अर्को पक्ष महाधिवेशनको प्रकृयामै रहेको अवस्थामा एउटा प्रश्न फेरि गम्भीर रूपमा उठेको छ । कांग्रेस बदलिएको हो कि केवल नेतृत्वका अनुहारहरू मात्र बदलिएका हुन् । लोकतान्त्रिक पार्टीको महाधिवेशनले संगठनमा नयाँ ऊर्जा, नयाँ विचार, नयाँ नेतृत्व र नयाँ राजनीतिक संस्कारको सन्देश दिनुपर्ने हो । तर महाधिवेशनको प्रक्रिया र त्यसपछि देखिएका राजनीतिक गतिविधिले भने कांग्रेस अझै पनि पुरानै संस्थापन र इतर पक्षको गुटगत राजनीतिको घेराबाट पूर्ण रूपमा बाहिर निस्कन नसकेको संकेत प्रस्ट रुपमा देखा परेको छ । करिब एक वर्षअघि नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सहित करिब ४० जिल्ला कार्यालयमा आगजनी तथा तोडफोडका घटना भए । सामाजिक सञ्जालदेखि भौतिक रूपमा समेत कांग्रेसका नेता तथा कार्यकर्ताले दबाब र आक्रमणको सामना गर्नु पर्यो । यस्तो संवेदनशील राजनीतिक पृष्ठभूमिपछि हुन लागेको यो महाधिवेशनले पार्टीभित्र गम्भीर आत्मसमीक्षा, संगठनात्मक पुनर्निर्माण र नयाँ राजनीतिक संस्कारको सुरुवात गर्ने अपेक्षा धेरै कार्यकता शुभचिन्तक ले गरेका थिए । तर अधिवेशन सम्पन्न भइरहँदा दृश्य फेरि उस्तै देखियो पार्टीभित्र अझै पनि योग्यता र योगदान भन्दा गुटीय निकटता नै निर्णायक बन्ने अवस्था देखियो गुटबन्दी को अन्त्य भएन ।

कांग्रेसभित्र गुट बदलियो तर संस्कार बदलिएन पुरानै रोग संस्थापन र इतर पक्षको राजनीतिक प्रतिस्पर्धा दोहरियो । विचार र नेतृत्वको स्वस्थ प्रतिस्पर्धा लोकतन्त्रको सुन्दर पक्ष हो । जब संस्थापन र इतर पक्षको नाममा पार्टीभित्र स्थायी शक्ति समूह निर्माण हुन्छन्, तब प्रतिस्पर्धा विस्तारै विचारबाट व्यक्तितर्फ र नीतिबाट गुटीय समीकरणतर्फ सर्न थाल्छ।यही समस्या अहिले भइरहेको कांग्रेसको महाविधेशन भित्र पनि देखिएको छ ।

अधिवेशन को दौरानमा धेरै कार्यकर्ताले प्रश्न गरेका छन्असल, इमानदार, क्षमतावान् र पार्टी प्रति लामो समयदेखि समर्पित कार्यकर्ताहरू फेरि पनि किनारा पारिएका छन । कठिन समयमा पार्टीलाई साथ दिने, जनताका बीचमा काम गर्ने र संगठन निर्माणमा योगदान दिने व्यक्तिको मूल्याङ्कन भन्दा पनि उनीहरु कुन नेताको नजिक छन् भन्ने कुरा महत्वपूर्ण देखिएको छ । यस्तो हुने हो भने लोकतान्त्रिक पार्टीको आन्तरिक लोकतन्त्र कहाँ पुग्छ । कतिपय कार्यकर्ताले व्यङ्ग्य गर्दै पार्टीभित्र अझै पनि ‘लास र दास’ प्रवृत्ति जीवित रहेको टिप्पणी गर्ने गरेका छन् । नेतृत्वको विरोध नगर्ने, प्रश्न नगर्ने र नेतृत्वको वरिपरि रहनेहरूलाई अवसर दिने तर फरक विचार राख्ने, आलोचना गर्ने वा स्वतन्त्र राजनीतिक धारणा राख्नेहरूलाई पन्छाउने प्रवृत्ति अझै पनि कायमै रहेको देखिन्छ । कुनै पनि लोकतान्त्रिक पार्टीका लागि यो राम्रो संकेत भने होइन ।

अवसरको राजनीति कहिलेसम्म

dirghayi clinic

कांग्रेसभित्र एउटा गुटमा अवसर नपाए अर्को गुटमा अवसर खोज्ने प्रवृत्ति पनि नौलो होइन । १५औ अधिवेशन सम्म आइपुग्दा संस्थापन पक्षको समीकरणमा स्थान नपाउनेहरू इतर पक्षमा सम्भावना खोज्छन् र इतर पक्षमा कमजोर बनेकाहरू अर्को राजनीतिक समीकरणको प्रतीक्षामा बस्ने प्रवृति यस पालि पनि देखियो । यसले पार्टीभित्र विचारको राजनीति कमजोर र अवसरको राजनीति बलियो हुदै जाने प्रवल सम्भावना छ । राजनीतिमा अवसर आवश्यक हुन्छ । नेतृत्वमा पुग्ने आकांक्षा पनि स्वाभाविक हो । तर अवसरको आधार गुटीय निकटता मात्र बन्न थाल्यो भने संगठनमा लामो समय योगदान गरेका कार्यकर्ताको मनोबल कमजोर हुन्छ । उनीहरूमा एउटा धारणा विकास हुन्छ काम गरेर होइन, सही गुटमा बसेर अवसर पाइन्छ । यदि यस्तो मनोविज्ञान बलियो हुँदै गयो भने पार्टीको संगठनात्मक आधार विस्तारै कमजोर हुँदै जाने देखिन्छ ।

अधिवेशन पद बाँड्ने मञ्च होइनराजनीतिक अधिवेशनको अर्थ केवल पदाधिकारी र नेतृत्व चयन गर्नु होइन । अधिवेशन भनेको संगठनको आत्मसमीक्षा गर्ने, विगतका कमजोरीबाट सिक्ने, आगामी राजनीतिक दिशा तय गर्ने र कार्यकर्तामा नयाँ आशा जगाउने अवसर हो । त्यसैले अधिवेशनपछि एउटा प्रश्न उठ्नु पर्छ कांग्रेस अझ एकताबद्ध भयो कि अझ बढी विभाजित कार्यकर्तामा भरोसा बढ्यो कि निराशायोग्य र इमानदार कार्यकर्ताले अवसर पाउने वातावरण बन्यो कि पुरानै शक्ति समीकरणले निरन्तरता पायो । सहमति, संवाद र समन्वयबाट नेतृत्व चयन गर्न सकिने अवस्था हुँदाहुँदै पनि त्यसका लागि पर्याप्त पहल नहुनु पनि गम्भीर विषय हो । लोकतन्त्रमा निर्वाचन आवश्यक छ, तर जहाँ सम्भव हुन्छ त्यहाँ सहमति र सहकार्यको संस्कृति अझ महत्वपूर्ण हुन्छ । आफू वा आफ्नो समूह पराजित हुने डरले सहमतिको सम्भावनालाई कमजोर बनाउनु नेतृत्वको राजनीतिक परिपक्वतामाथि प्रश्न उठाउने विषय बन्न सक्छ ।

नेतृत्वको परीक्षा जितमा होइन, सबै कार्यकर्ता नेतालाई समेटाइमा हुन्छ । नेतृत्वको वास्तविक क्षमता आफ्ना समर्थकलाई पद दिलाउन सक्नुमा होइन । आफ्नो आलोचकलाई पनि साथमा लिएर हिँड्न सक्नुमा हुन्छ । आफूलाई समर्थन गर्नेहरूलाई मात्र होइन, फरक विचार राख्नेहरूलाई समेत सम्मान गर्न सक्ने नेतृत्व नै वास्तविक लोकतान्त्रिक नेतृत्व हो । पार्टीभित्र आलोचना गर्ने आवाजलाई शत्रुका रूपमा होइन, सुधारको अवसरका रूपमा लिन सक्नु पर्छ ।कांग्रेसले आफ्नो इतिहासमा धेरै उतारचढाव देखेको छ । लोकतन्त्रका लागि संघर्ष गरेको पार्टीका रूपमा उसको सबैभन्दा ठूलो शक्ति संगठनभित्रको लोकतान्त्रिक संस्कार नै हुनु पर्छ । तर यदि नेतृत्वको आलोचना गर्नु नै गुट परिवर्तनको आधार बन्न थाल्यो भने पार्टीभित्र विचारको स्वतन्त्रता कसरी सुरक्षित रहन्छ ।

निर्वाचनको परिणामले कसले पद पायो र कसले पाएन भन्ने निर्धारण गर्छ । तर निर्वाचनको परिणामले कसैको योग्यता, इमानदारी, क्षमता र संगठनप्रतिको योगदानको अन्तिम मूल्याङ्कन गर्न सक्दैन । आज पराजित भएको व्यक्ति भोलि पार्टीको महत्वपूर्ण शक्ति बन्न सक्छ । आज विजयी भएको व्यक्ति पनि भोलि इतिहासको एउटा अध्याय बन्न सक्छ । त्यसैले राजनीतिक पदलाई स्थायी उपलब्धि र पराजयलाई स्थायी असफलताका रूपमा बुझ्नु हुँदैन ।कांग्रेसका लागि अब मुख्य प्रश्न कसले जित्यो र कसले हार्योर भन्ने होइन । नेतृत्वले कति कार्यकर्ताको मन जित्यो ?कति असन्तुष्ट आवाजलाई सम्बोधन गर्योज ? कति योग्य कार्यकर्तालाई अवसर दियो ? संगठनलाई कति एकताबद्ध बनाउन सक्यो ? र जनतामा कांग्रेसप्रतिको विश्वास कति बढाउन सक्यो ? यी प्रश्नको उत्तरले मात्र अधिवेशनको वास्तविक सफलता मापन गर्न सक्छ । गुटगत स्वार्थका अगाडि राजनीतिक मूल्य–मान्यता कमजोर हुँदै जाने र नेतृत्व आफ्नै पराजयको भयबाट मुक्त हुन नसक्ने अवस्था कायम रह्यो भने कांग्रेसको लोकतान्त्रिक चरित्रमाथि नै प्रश्न उठ्न सक्छ । पार्टीभित्र गुट हुनु आफैंमा अस्वाभाविक होइन । विचारको विविधता लोकतन्त्रको सुन्दर पक्ष हो । तर गुट नै पार्टीको परिचय बन्नु भने खतरनाक अवस्था हो ।

अब नेपाली कांग्रेसले विगतका राजनीतिक अभ्यासबाट सिक्ने समय आएको छ । संस्थापन होस् वा इतर पक्ष दुवैको साझा जिम्मेवारी पार्टीलाई गुटभन्दा माथि उठाउनु अहिलेको आवस्कता हो । कांग्रेसको वास्तविक शक्ति कुनै एउटा नेता, गुट वा समूहमा छैन । यसको शक्ति हजारौँ कार्यकर्ताको त्याग, संघर्ष, योगदान, विश्वास र जनतासँगको सम्बन्धमा छत्यसैले अब कांग्रेसभित्र एउटा नयाँ राजनीतिक संस्कारको आवश्यकता छ । योग्यतालाई प्राथमिकता, योगदानलाई सम्मान, फरक मतलाई स्थान र गुटभन्दा संगठनलाई माथि राख्ने संस्कार । यदि कांग्रेसले यही संस्कार विकास गर्न सकेन भने महाधिवेशन फेरिए पनि राजनीति फेरिने छैन । नेतृत्वका अनुहार फेरिए पनि गुटका संरचना फेरिन सक्दैनन् । नाराहरू नयाँ भए पनि राजनीतिक अभ्यास पुरानै रहनेछ । तर यदि कांग्रेसले अब साँच्चिकै आत्मसमीक्षा गर्यो्, गुटभन्दा माथि उठ्यो, योग्य र इमानदार कार्यकर्तालाई सम्मान गर्यो् र फरक विचारलाई पनि पार्टीको शक्तिका रूपमा स्वीकार गर्यो भने १५औँ महाधिवेशन केवल अर्को नेतृत्व चयन गर्ने घटना नभई कांग्रेसको राजनीतिक पुनर्जागरणको सुरुवात बन्न सक्छ । 

अन्ततः पदमा को पुग्यो भन्ने कुरा समयसँगै परिवर्तन हुन्छ, तर संगठनभित्र स्थापित हुने संस्कार लामो समयसम्म रहन्छ । त्यसैले अबको नेतृत्वले विजयको उन्माद भन्दा जिम्मेवारीको गम्भीरता र पराजयको पीडाभन्दा संगठनको भविष्यलाई प्राथमिकता दिन सक्नु पर्छ । कांग्रेसले अब निर्णय गर्नुपर्ने समय आएको छगुटको कांग्रेस बनिरहने कि सबै कार्यकर्ताको कांग्रेस बन्ने किनकि लोकतान्त्रिक पार्टीको वास्तविक शक्ति कुनै एउटा गुटको विजयमा होइन, पराजितलाई समेत आफ्नो मान्न सक्ने र फरक विचारलाई समेत सम्मान गर्न सक्ने राजनीतिक संस्कार अहिलेको कांग्रेसलाई आवश्यक छ । धन्यवाद

जय नेपाल !

Himal dental
सम्बन्धित
Loading...