
विद्युतीय सवारी साधन (ईभी)मा आगलागी/ दुर्घटना न्यूनीकरणका का लागि विद्युतीय सुरक्षा नीति र शिक्षा आजको आवश्यकता

– प्रभु निधि पन्त
नेपालमा विद्युतीय सवारीसाधन अर्थात् ईभीको प्रयोग पछिल्लो समय तीव्र गतिमा बढिरहेको छ। पेट्रोलियम पदार्थको आयातमा हुने खर्च घटाउने, स्वदेशमै उत्पादित जलविद्युत्को उपयोग बढाउने, सञ्चालन खर्च कम गर्ने तथा वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने दृष्टिले विद्युतीय सवारीसाधनलाई नेपालको यातायात क्षेत्रको महत्वपूर्ण बैकल्पिक सवारीसाधन को रूपमा उपभोक्ताले लिनथालेका छन । यसका उपभोता बढे संगै दुर्घटना को जोखिम पनि बढ्दै गैर्होको छ । पछिल्ल़ा केहि महिना यता इभिमा आगलागी का घटना हरु बढ्न थालेका छन ।
नेपालमा विद्युतीय कार, बस, भ्यान तथा दुईपाङ्ग्रे सवारीप्रति नागरिकको आकर्षण बढ्दो छ। सन् २०२५ का विभिन्न अन्तर्राष्ट्रिय तथ्यांक/रिपोर्टअनुसार नेपालमा बिक्री भएका नयाँ कारमध्ये विद्युतीय कारको हिस्सा करिब ७३ प्रतिशत पुगेको उल्लेख छ। यस आधारमा नयाँ कार बिक्रीमा विद्युतीय सवारीको हिस्साका दृष्टिले नेपाल विश्वमा नर्वेपछि दोस्रो स्थानमा रहेको छ।यो परिवर्तन ऊर्जा र यातायात क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि हो। तर ईभीको प्रयोग तीव्र रूपमा बढ्दै जाँदा त्यससँग जोडिएको अर्को महत्वपूर्ण पक्षलाई पनि गम्भीरतापूर्वक लिनुपर्ने अवस्था आएको छ।विद्युतीय सवारीको सुरक्षित प्रयोगसम्बन्धी शिक्षा अहिले ब्यपारी ले ईभी किन्ने नागरिकलाई गाडीको मूल्य, रेन्ज, ब्याट्री क्षमता, चार्जिङ समय र सुविधाबारे जानकारी त दिन्छौँ। तर गाडी किनेपछि त्यसलाई सुरक्षित रूपमा कसरी प्रयोग गर्ने भन्ने विषयमा कति जानकारी दिन्छन त ।ब्याट्रीमा समस्या आउँदा के गर्ने? चार्जिङ गर्दा कुन सावधानी अपनाउने? दुर्घटना भएपछि गाडीलाई कसरी सुरक्षित गर्ने? बाढीमा गाडी डुब्यो भने के गर्ने? गाडीबाट असामान्य आवाज, गन्ध, धुवाँ वा अत्यधिक ताप देखियो भने कसलाई सम्पर्क गर्ने?यी प्रश्न अब केवल प्राविधिक प्रश्न रहेनन्। यीसडक सुरक्षा र जनसुरक्षासँग जोडिएका विषयबनेका छन्।
ईभी को खपत बढे संगै यसको सुरक्षा शिक्षा पनि बढ्नुपर्छविद्युतीय सवारी परम्परागत पेट्रोल वा डिजेल सवारीभन्दा प्रविधिका हिसाबले फरक हुन्छ। यसमा उच्च क्षमताको ब्याट्री, ब्याट्री व्यवस्थापन प्रणाली, उच्च भोल्टेज विद्युतीय प्रणाली, इलेक्ट्रोनिक नियन्त्रण प्रणाली र विशेष चार्जिङ प्रणाली हुन्छन्।
यसको अर्थ ईभी असुरक्षित छ भन्ने होइन। आधुनिक ईभीहरू विभिन्न सुरक्षा प्रणालीसहित निर्माण गरिएका हुन्छन्। तरकुनै पनि प्रविधि सुरक्षित रूपमा प्रयोग गर्न प्रयोगकर्ताले त्यसको आधारभूत ज्ञान बुझ्न आवश्यक हुन्छ।उदाहरणका लागि, मोबाइल फोन चार्ज गर्ने र विद्युतीय सवारी चार्ज गर्ने प्रक्रिया एउटै हुदैन । ईभी चार्जिङका लागि विद्युत् प्रणालीको क्षमता, उपयुक्त चार्जर, वायरिङ, अर्थिङ तथा अन्य सुरक्षा पक्षमा ध्यान दिनुपर्छ।त्यसैले ईभीको विस्तारसँगै सरकार, उत्पादक र प्रयोगकर्ताको जिम्मेवारी पनि बढ्दै गएको छ ।
चार्जिङमा सामान्य गल्तीले जोखिम बढाउन सक्छ त्यसैले ईभी सुरक्षाको महत्वपूर्ण पक्ष चार्जिङ हो।विशेषगरी घरमै चार्ज गर्ने प्रयोगकर्ताले आफ्नो घरको विद्युत् प्रणालीले आवश्यक लोड धान्न सक्छ कि सक्दैन भन्ने कुरा बुझ्नुपर्छ।उत्पादकले सिफारिस गरेको चार्जर तथा उपकरण प्रयोग गर्नुपर्छ। अस्थायी वा कमजोर वायरिङबाट उच्च क्षमताको चार्जिङ गर्नु जोखिमपूर्ण हुन्छ ।चार्जिङ प्रणालीमा असामान्य चेतावनी आउने जस्ता संकेतलाई बेवास्ता गर्नु हुँदैनयस्ता संकेत देखिएमा चार्जिङ रोक्ने र योग्य प्राविधिक वा सम्बन्धित सेवा केन्द्रसँग सम्पर्क गर्ने बानी विकास गर्नुपर्छ।

अहिलेको अवस्थामा ईभीको सबैभन्दा महत्वपूर्ण र महँगो भागमध्ये ब्याट्री पनि एक हो। त्यसैले प्रयोगकर्तालाई ब्याट्रीको आधारभूत अवस्थाबारे जानकारी हुनु आवश्यक छ।ब्याट्रीको चार्ज प्रतिशत मात्र हेरेर पुग्दैन गाडीमा देखिने चेतावनी संकेत, अचानक रेन्जमा ठूलो परिवर्तन, असामान्य तापक्रम, चार्जिङमा असामान्य समस्या वा दुर्घटनापछि ब्याट्रीमा भएको सम्भावित क्षतिबारे पनि जानकारी अहिलेको आवश्कता हो ।यसका लागि प्रत्येक ईभी सवारीधनी लाईमेरो गाडीमा समस्या आएको संकेत के होभन्ने विषयमा सरल जानकारी उपलब्ध गराउनु अति आवश्यक छ।
सडक दुर्घटना कुनै पनि बेला हुन सक्छ तर ईभी दुर्घटनामा परेपछि चालक, यात्रु, प्रहरी र उद्धारकर्मीले के गर्ने भन्ने बारे केही थप जानकारी सावधानी अपनाउनुपर्ने हुन सक्छ।दुर्घटना भएपछि पहिलो प्राथमिकता मानिसको जीवन बचाउनु हो। त्यसपछि घटनास्थलमा थप जोखिम हुन नदिनु हो । धुवाँ, आगो, असामान्य आवाज वा ब्याट्री क्षतिको संकेत देखिएमा के गर्ने जस्ता बिषयमा जानकारी अति आवश्क छ ।दुर्घटनास्थलमा पुगेका प्रहरी, ट्राफिक प्रहरी, दमकल तथा उद्धारकर्मीलाई पनिविद्युतीय सवारी हो भन्ने जानकारीतत्काल उपलब्ध गराउनु उपयोगी हुन्छ।यसका लागि ईभी दुर्घटनाको उद्धारसम्बन्धी छुट्टै प्रोटोकल आवश्यक छ।बाढी र पानीमा डुबेकोईभीलाई अरु गाडीसरह व्यवहार गर्नु हुँदैन।पानीमा डुबेको वा गम्भीर रूपमा भिजेको गाडीलाईकसरी उद्दार गर्ने भनेर सम्बन्धित उत्पादक वा दक्ष प्राविधिकलाई जानकारी गराउनु अहिलेको महत्वपूर्ण पक्ष हो ।यस्ता विषयलाई पनि सरकारको ईभी सुरक्षा निर्देशिकामा स्पष्ट र सरल भाषामा समेटिनुपर्छ।
सरकारले ‘ईभी सुरक्षा निर्देशिका’ बनाउनुपर्छअब नेपालमाराष्ट्रिय स्तरकोविद्युतीय सवारी सुरक्षा निर्देशिकाआवश्यक भइसकेको छ।यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, नेपाल विद्युत् प्राधिकरण, दमकल तथा विपद् व्यवस्थापनसँग सम्बन्धित निकाय, सवारी उत्पादक तथा आधिकारिक वितरक, चार्जिङ सेवा प्रदायक र प्राविधिक विज्ञको सहभागितामानिर्देशिका तयार गर्नु पर्ने देखिन्छ ।
निर्देशिका धेरै प्राविधिक र कठिन भाषामा होइन, सामान्य नागरिकले सजिलै बुझ्ने सरल नेपाली भाषामाहुनुपर्छ।यसमा ईभी चलाउँदा अपनाउनुपर्ने आधारभूत सुरक्षाका उपाय, ब्याट्रीको अवस्था र चेतावनी संकेत पहिचान गर्ने तरिका, बाढी वा पानीमा डुबेको ईभीसम्बन्धी सुरक्षा,. दुर्घटनाग्रस्त ईभीको उद्धार तथा टोइङसम्बन्धी प्रक्रिया, प्रहरी, दमकल र उद्धारकर्मीका लागि ईभी दुर्घटना प्रतिक्रिया प्रोटोकल, चार्जिङ स्टेसनको न्यूनतम सुरक्षा मापदण्ड, आगो निभाउने यन्त्र , ब्याट्री मर्मत, परीक्षण तथा प्रतिस्थापनसम्बन्धी सुरक्षा र आपत्कालीन सम्पर्क नम्बर जस्ता बिषय समेटिनुपर्छ।
गाडी बेचेर मात्र जिम्मेवारी पूरा हुँदैनईभी बिक्री गर्ने कम्पनी र आधिकारिक वितरकको भूमिका पनि महत्वपूर्ण हुन्छ। ग्राहकले गाडी खरिद गर्दा मूल्य, छुट, रेन्ज र सुविधाबारे जानकारी पाएजस्तैसुरक्षित प्रयोगबारे अनिवार्य अभिमुखीकरणपनि दिनु पर्ने हुन्छ ।गाडी हस्तान्तरण गर्ने क्रममा ग्राहकलाई चार्जिङ गर्ने तरिका, ब्याट्रीसम्बन्धी चेतावनी, दुर्घटना भएमा गर्नुपर्ने काम, बाढीमा गाडी डुबेको अवस्थामा अपनाउनुपर्ने सावधानी र आपत्कालीन सम्पर्कबारे जानकारी दिन सकिन्छ।प्रत्येक नयाँ ईभीसँगै सरल भाषामा तयार गरिएको ‘EV Safety Guide’ उपलब्ध गराउने व्यवस्था गर्नु पर्छ ।
चालकलाइ पनि सुरक्षा शिक्षा तथा शिक्षण तथा परीक्षामा पनि विद्युतीय सवारीसम्बन्धी आधारभूत सुरक्षा ज्ञान समावेश गर्नु पर्छ।ईभी चालकले कम्तीमा ब्याट्री चेतावनी, चार्जिङ सुरक्षा, दुर्घटनापछिको प्रारम्भिक सावधानी र उच्च भोल्टेज प्रणालीसँग सम्बन्धित सामान्य जोखिमबारे जान्नुपर्छ।यसका लागि सामान्य चालकले बुझ्ने एक–दुई घण्टाको आधारभूत सुरक्षा अभिमुखीकरणपनि महत्वपूर्ण सुरुवात हुन सक्छ।प्रहरी र दमकललाई विशेष तालिमईभी दुर्घटनाको समयमा घटनास्थलमा पुग्ने प्रहरी, ट्राफिक प्रहरी, दमकल र उद्धारकर्मीको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ।उनीहरूलाई ईभीको संरचना, उच्च भोल्टेज प्रणाली, ब्याट्रीसम्बन्धी जोखिम, दुर्घटनाग्रस्त गाडीको पहिचान, उद्धार सम्बन्धी आधारभूत तालिम दिनुपर्छ।प्रत्येक प्रदेशमा समय–समयमाईभी दुर्घटना उद्धारसम्बन्धीअभ्यास तथा मोक ड्रिलसञ्चालन गर्न सकिन्छ। यसले वास्तविक दुर्घटनाको समयमा उद्धारकर्मीलाई निर्णय लिन सहज बनाउँछ।सुरक्षा शिक्षा विद्यालय र समुदायसम्मईभी सुरक्षा केवल चालक र प्राविधिकको विषय होइन। परिवारका सदस्य, विद्यार्थी, चार्जिङ स्टेसनका कर्मचारी, ट्राफिक प्रहरी तथा समुदायका नागरिकले पनि आधारभूत जानकारी पाउनुपर्छ।सरकारले सामाजिक सञ्जाल, रेडियो, टेलिभिजन, विद्यालय, यातायात कार्यालय र स्थानीय तहको माध्यमबाट ईभी सुरक्षा सम्बन्धी जनचेतनामूलक सामग्री प्रसारण गर्न आवश्क छ ।
नेपालले विद्युतीय सवारीको प्रयोगमा विश्वका अग्रणी बजारसँग प्रतिस्पर्धा गरिरहेको अवस्थामा अब ‘विद्युतीय सुरक्षा शिक्षा’मा पनि अग्रणी बन्ने समय आएको छ।ईभी किन्नु आधुनिकताको संकेत हुन सक्छ, तर त्यसलाई सुरक्षित रूपमा चलाउनु जिम्मेवारी हो। त्यसैले अब प्रत्येक ईभी प्रयोगकर्ताको हातमा गाडीको चाबी मात्र होइन, सुरक्षाको ज्ञान पनि पुग्नुपर्छ।ईभीको संख्या बढाउनु मात्र उपलब्धि होइनईभीसँगै सुरक्षित चालक, सुरक्षित चार्जिङ प्रणाली, दक्ष उद्धारकर्मी र सुरक्षित समाज निर्माण गर्नु नै वास्तविक उपलब्धि हो। धन्यवाद
