

महेन्द्रनगर । राष्ट्रिय समाचार समितिका पत्रकार महादेब अवस्थीले सहकारी पत्रकारिता पुरस्कार पाएको छ । सुदूरपश्चिम प्रदेशको प्रतिष्ठित सहकारी उदयदेब बहुद्दउेश्यीय सहकारी संस्थाले शुक्रबार पत्रकार अवस्थीलाई पुरस्कार प्रदान गरेको हो ।
सहकारीको २८ औं वार्षिक साधारण सभा उद्घाटन समारोहमा दोसल्ला ओढाएर सम्मान सहित अवस्थीलाई ११ हजार नगद धनराशीको पुरस्कार प्रदान गरिएको छ ।
साधारण सभा कार्यक्रमको अध्यक्षता गरि रहेका सहकारीका अध्यक्ष नारा जोशीले अवस्थीलाई दोसल्ला ओढाएर नगद राशी र सम्मान पत्र प्रदान गरिन् ।
पत्रकार अवस्थीले पत्रकारिताको माध्यमबाट सहकारी सहित आर्थिक क्षेत्रको विकासमा पुगाएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको हो ।

आर्थिक क्षेत्रमा पत्रकारिताको माध्यमबाट योगदान पुगाउने पत्रकारका लागि सहकारीले चार वर्षदेखि सहकारी पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।
यस वर्ष राससका कञ्चनपुर संवाददता अवस्थीलाई पुरस्कार प्रदान गरिएको छ ।
बेदकोट नगरपालिका ७ का अवस्थीसित रेडियो, छापा र अनलाइन माध्यममा काम गरेको अनुभव छ । उनी पछिल्लो केही महिनादेखि राष्ट्रिय समाचार समाचार समितिमा कार्यरत छन् ।
साधारण सभा उद्घाटनमा सहकारीका प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर चन्दले पत्रकार अवस्थीले सहकारी क्षेत्रको प्रवद्र्धन र विकासमा पत्रकार अवस्थीले पत्रकारिताको माध्यमबाट ठूलो योगदान गरेको बताए ।
अवस्थी एक दशक बढी समयदेखि पत्रकारितामा सक्रिय छन् । उनी कला, संस्कृत र साहित्य क्षेत्रमा कलम चलाउने गर्छन् ।
सहकारीको पत्रकारिता पुरस्कार यस अघि तीन पत्रकारले पाएका छन् । उनीहरुमा आजको नयाँ विकल्प दैनिकका रनि विवश, टिभी टुडेका राजेन्द्र बिष्ट र नयाँ पत्रिका दैनिकका मोहन विष्ट छन् ।
