ghar sansar

उदयदेब सहकारीको १८ औं वार्षिक साधारण सभा, विभिन्न क्षेत्रका ३२ जना सम्मानित

khasi

महेन्द्रनगर । सुदूरपश्चिमको प्रतिष्ठित उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाले २८ औँ वार्षिक साधारण सभा गरेको छ । सहकारीका निवर्तमान अध्यक्ष वरिष्ठ अध्यक्षता पूर्ण बहादुर चन्दको प्रमुख आतिथ्यमा साधारण सभा गरिएको छ ।

सहकारीका अध्यक्ष नारा जोशीले साधाण सभा कार्यक्रमको अध्यक्षता गरेकी छन् । साधारण सभा उदु्ुघाटन समारोहमा पत्रकार सहित विभिन्न क्षेत्रका ३२ जनालाई सम्मान गरिएको छ । उनीहरुमा उद्यमी, विद्यार्थी, ज्येष्ठ नागरिक, सहकारीका संस्थापक लगायतका छन् ।

सहकारीका प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर चन्दले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष जोशीले वार्षिक, लेखा सुपरिवेक्षण समितिका संयोजक चित्राङ्ग थापा लेखा समिति प्रतिवेदन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गरे ।

बन्द सत्रबाट सबै प्रस्तुत प्रतिेदन सहित वार्षिक योजान तथा कार्यक्रम पारित भएको छ ।

आर्थिक वर्ष २०८२र०८३ को वित्तीय विवरणअनुसार संस्थाको शेयर पुँजी २३ करोड १८ लाख ५६ हजार ४०० रुपैयाँ रहेको छ। त्यसैगरी, संस्थामा दुई अर्ब २४ करोड ७९ लाख ५७ हजार ८२४ रुपैयाँ बचत रहेको छ भने ऋण लगानी एक अर्ब ६८ करोड ४४ लाख ५४ हजार ९४३ रुपैयाँ पुगेको छ ।

dirghayi clinic

सहकारीले उक्त आर्थिक वर्षमा पाँच करोड दुई लाख ६२ हजार ५८३ रुपैयाँ नाफा आर्जन गरेको जनाएको छ । संस्थाको कर दायित्व एक करोड ३३ लाख ८१ हजार २६३ रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ ।

सहकारीले आफ्ना सदस्यहरूको वित्तीय ज्ञान तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ६५ वटा वित्तीय शिक्षा कार्यक्रम सञ्चालन गरेको छ ।

त्यसैगरी, सदस्यहरूलाई स्वरोजगार तथा आयआर्जनका गतिविधिमा संलग्न गराउने उद्देश्यले ६० जनालाई व्यावसायिक तरकारी खेतीसम्बन्धी तालिम र १७ जनालाई दुना–टपरी बनाउने तालिम प्रदान गरिएको छ। 

सहकारीले सदस्यहरूको आर्थिक तथा सामाजिक अवस्था सुधार गर्न बचत परिचालन, ऋण लगानी, वित्तीय शिक्षा र सीपमूलक तालिमलाई प्राथमिकता दिँदै आएको जनाएको छ ।

साधारण सभामा संस्थाको आगामी कार्ययोजना, सहकारीको दिगो विकास तथा सदस्यहरूको आर्थिक सशक्तीकरणका विषयमा समेत छलफल गरिएको थियो ।

सहकारीमा हाल २७ हजार शेयर सदस्य पुगेका छन् । सहकारीका प्रमुख कार्यकारी अधिकृत चन्दले यस वर्षदेखि ऋण प्रवाह गर्दा सेवा शुल्क नलिने जानकारी दिए । 

 

 

Himal dental
सम्बन्धित
Loading...