ghar sansar

भीमदत्तमा मेयरलाई कार्यालय निवास, नयाँ हाकिमलाई होटेलमा बास

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकामा हाजिर भएपछि नयाँ प्रमुख प्रशासकीय अधिकृत बाबुराम घिमिरे होटेलमा बस्ने गरेका छन् । 

प्रमुख प्रशासकीय अधिकृत घिमिरे असोज १९ गते भीमदत्त हाजिर भएका थिए । समान्य प्रशासन मन्त्रालयले भदौ २२ गते घिमिरेको भीमदत्त सरुवा गरेको थियो ।

भीमदत्त नगरपालिका कार्यालयको कर्मचारी निवासमा मेयर र मेयरका सचिवालयका कर्मचारी बस्दै आएकाले प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई होटेल बस्ने व्यवस्था गरिएको छ ।

महेन्द्रनगर बजारको गल्ली नं. ३ स्थित आनन्द होटेलको कोठामा प्रमुख प्रशासकीय अधिकृत घिमिरे बस्ने गरेका हुन् ।

घिमिरेसित यसबारे जानकारीका लागि सम्पर्क गर्दा उनको मोबाइल अफ छ । घिमिरे कार्यालय हाजिर भएपछि होटेल बस्ने गरेको कर्मचारीहरु बताउँछन् ।

नगरपालिका कार्याmलय स्रोतका अनुसार आर्थिक प्रशासन शाखाका कर्मचारीले घिमिरे आउन अघि होटलमा बस्नका लागि व्यवस्था मिलाएका थिए ।

घिमिरे हाजिर भएपछि घिमिरेको आवास सम्बन्धि छलफलमा लेखा शाखाका कर्मचारीले होटेलमा बस्न व्यवस्था मिलाएको जानकारी गराएका थिए ।

भीमदत्तको पुरानो कार्यालय भवनको माथिल्लो तलामा पहिलेदेखि प्रमुख प्रशासकीय अधिकृत थियो ।

२०७४ सम्म यहीं भवको माथिल्लो तलामा कार्यालय प्रमुख बस्दै आएका थिए । नयाँ भवन बन्न अघि यस भवनको तल्लो तलामा कार्यालय प्रमुखको कार्यकक्ष थियो ।

अहिले यस भवनको तल्लो तलामा वन वातावरण विपद् शाखा तथा अर्को कोठामा स्वास्थ्य स्टोर बनाएको छ ।

dirghayi clinic

२०७९ को निर्वाचन पछि भीमदत्तका तत्कालिन हाकिम याम नारायण गौलीले निवासमा बसेका थिए । 

गौलीको २०८० माघमा सरुवा भएर महेश बम आएपछि मेयर र सचिवालका कर्मचारी निवासमा बस्न थालेका हुन् ।

२०७४ को स्थानीय तह निर्वाचनपछि तत्कालिन मेयर सुरेन्द्र विष्टले पनि निवास बनाएका थिए । त्यसपछि मेयर भएका पदम बोगटीले २०८० देखि हालसम्म  निवास बनाएका छन् ।

मेयर बोगटीले कहिलेकाँही बस्ने गरे पनि उनका सचिवालयका कर्मचारी दैनिक रुपमा निवासमा बस्दै आएका छन् । 

नयाँ प्रमुख प्रशासकीय अधिकृत घिमिरे हाजिर हुँदा मेयर बोगटी जिल्ला बाहिर थिए । मेयरसित घिमिरेले निवासबारे अहिलेसम्म कुरा गरे नगरेको बाहिर आएको छैन ।

नगरपालिका स्रोतका अनुुसार घिमिरे केही दिनमै काठमाडौ फर्किने र त्यसपछि होटेलमा बस्ने नबस्ने अन्तिम निर्णय निर्णय लिने मनस्थितिमा पुगेका छन् ।

घिमिरे कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्रालयबाट सरुवा भएर भीमदत्तमा आएका हुन् ।

उनी आउन अघि भीमदत्तका स्थानीय महेश बहादुर बम प्रमुख प्रशासकीय अधिकृत थिए ।

बमलाई डोटीको सहायक प्रमुख जिल्ला अधिकारी बनाएपछि असोज ११ गते बमको विदाई भएको थियो । सरुवा भएपछि कार्यालयको खाता सञ्चालन गरी बम असोज ११ गते भमिदत्तबाट विदा भएका थिए ।

भीमदत्तमा सबैभन्दा बढी समय बसेर बमको विदाई भएको थियो । बम दार्चुलाबाट सरुवा भएर २०८० माघ तेस्रो साता भीमदत्त आएका थिए ।

नयाँ प्रमुख प्रशासकीय अधिकृत घिमिरे पहिलो पटक स्थानीय तहको प्रमुख भएका हुन् ।

उनले नगरपालिकाको वित्तिय अनुशासनलाई सबैभन्दा पहिलो प्राथमिता दिने बताएका थिए ।

Himal dental
सम्बन्धित
Loading...